कञ्चनपुरका वनबाट काठ तस्करीमा ८ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको लालझाडीका वनबाट काठ चोरी तस्करी बढेको छ । विगत बर्ष जस्तै यस बर्षपनि लालझाडीका सामुदायिक वन एव संरक्षित वन क्षेत्रबाट दैनिक रुख कटानी हुने गरेका छन् । दैनिक रुख कटानी गरेर तस्कर समुहले स्थानीय सःमिल उद्योगमा बिक्रि वितरण गरेका स्थानियले बताएका छन् । तस्करी बढेपछि डिभिजन वनको टोलीले आइतबार अनुगमनका क्रममा लालझाडी गाँउपालिका ४ देखतभूलीबाट ठुलो परिमाणमा काठ बरामद गरेको छ ।

सव डिभिजन वन कार्यालय लालझाडीका प्रमुख हरि नायारायण यादवले देखतभूलीका ६ घरबाट काठ बरामद गरिएको जानकारी दिए । उनले चिरान गरीएको र गोलिया सहितको काठ झण्डै २११.१७ क्युफिट काठ बरामद गरिएको बताए । चिरानको ७४.८क्युफिट र १३६.३७ क्युफिट गोलिया बरामद गरिएको उनको भनाई छ । आइतबार दिउँसो लालझाडी गाउँपालिका–४ देखतभुली र भीमदत्त नगरपालिका–३ तिलकपुरबाट अवैध काठसहित ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुर र लालझाडी सव–डिभिजन वन कार्यालयलगायतको टोलीले देखतभुली बस्ने मौले राना, सुबिता राना, काली राना, मोति राना, भंगी राना, विक्रम राना र कृष्णपुर नगरपालिका–४ बस्ने हरि चौधरीको घर आगनमा लुकाइछिपाई राखिएको काठ बरामद गरेको हो । प्रहरीका अनुसार २४५ दशमलव ७५५५ क्यूफिट अबैध सालको चिरान काठ र गोलिया बरामद गरी सातै जनालाई आवश्यक कारवाहीको लागि वाणी सव डिभिजन वन कार्यालयमा बुझाइएको छ ।

यस्तै भीमदत्त नगरपालिका–३ तिलकपुरका ३८ वर्षीय सागर बिष्ट पनि अवैध काठसहित पक्राउ परेका छन् । उनले चलाएको म. १ त. ६९८ नं. को ट्याक्टरमा ५ थान (३५.५ क्यू्फिट) सिसमको गोलिया भेटिएको छ । ट्याक्टर, काठ, आरा र चालक बिष्टलाई नियन्त्रणमा लिएर कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको प्रहरीको भनाई छ ।

सम्बन्धित

Comments are closed.