वेदकोटको ३ नम्वरमा तिन महिने सिलाई कटाई तालिमको सुभारम्भ

महेन्द्रनगर । वेदकोट नगरपालिमा तिन महिने सिलाई कटाई तालिमको उदघाटन गरिएको छ । पालिकाको वडा नम्बर ३ का गरिव विपन्न तथा दलित महिलाहरुलाई गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ३ महिने सिलाई कटाई तालिमको आयोजना गरिएको कार्यक्रमका सभापति तथा वडा अध्यक्ष मोहनबहादुर गुर्धामीले जानकारी दिएका छन् ।

कार्यक्रमको प्रमुख अतिथीमा रहेकी वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले महिलाहरुले घरमा मात्रै सिमित नभएर घर संचालनको साथै आफनो जिवनस्तरलाई आर्थिकरुपमा शसक्त र बलियो बनाउनु पर्ने सिप सिकेर दक्ष भएर पसल संचालन गर्ने खालको सिप सिक्नु पर्ने बताईन् । साथै यो सिपको सहि सदुपयोग गरेर प्रमाणित गरी आयआर्जन तर्फ उन्मुख भएर आफनो परिवारलाई पनि सहयोग गरी आफना बालबच्चाहरुको शिक्षामा पनि अगाडी बढाउनु पर्ने बताईन् ।

आफुलाई उद्यमशिलता तर्फ उन्न्मुख गरी आफनो पहिचान स्वयमले बनाएर आफनो समुदायमा आफनो छुट्टै पहिचान बनाउनु पर्ने बताईन् । आफनो सिपले अरुलार्य पनि सिप हस्तान्तरण गरीसबैलाई स्वरोजगार तर्फ लगेर जाने योजना अनुरुप सिपसिक्नु पर्ने आँैलाईन् । तालिम मात्र लिएर आफनो व्यावहारमा लागु नगर्ने खालको तालिम लिएर कुनै औचित्य नरहेको र यो तालिमबाट उद्यमशिल हुन फेरी पनि अन्य तालिमहरुको व्यवस्थापन गर्न सकिने र आफुले पनि साथ र सहयोग गरिने बताईन् ।

यस्तै वडा अध्यक्ष गुर्धामीले यो तालिमलाई आफनो जिवनमा लागु गरी आफेलाई उद्यमशिल बनाएर आर्थिक रुपमा बलियो बनाउनको लागि यो तालिम दिईएको बताए । उक्त कार्यक्रममा कार्यपालिका सदस्यहरु, पत्रकार महासंघका कोषाध्यक्ष जयदेव जोशी, समाजसेवी, वुद्धिजिवि,उद्यम विकासका कर्मचारी, प्रशिक्षक र १६ जना प्रशिक्षार्थी समेतको उपश्थिती रहेको थियो ।

सम्बन्धित

Comments are closed.