बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प

महेन्द्रनगर । बाजुरामा केन्द्रबिन्दु बनाएर ५. ९ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । सुदूरपश्चिमका सबैजिल्लाहरुमा भुकम्पको झटका महशुस गरिएको थियो । भूकम्पका कारण क्षतिको विवरण भने यकिन भइसकेको छैन ।

भूकम्पको धक्का छिमेकी भारतका कतिपय स्थानमा पनि भएको बताइएको छ । मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन् ।

सम्बन्धित

Comments are closed.