बैतडीमा वडा सदस्यको मृत्यु

महेन्द्रनगर । बैशाखमा भएको स्थानीयतहको निर्वाचनमा जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर४ बाट निर्वाचित वडा सदस्य बीरसिंह साउदको मंगलबार ६० वर्षको उमेर निधन भएको हो ।
चार महिनादेखि बिरामी रहेका साउदको मंगलबार निधन भएको स्थानीय प्रकाश साउदले जानकारी दिएका छन् । मंगलबार साझ साढे ५ बजेको समयमा आफनै निवास सुर्नया ४ पालिगडामा उनको निधन भएको साउदले बताए । उनी बैशाखमा भएको स्थनीयतहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

सम्बन्धित

Comments are closed.