भेटेरिनरी अस्पतालमा अल्ट्रासाउण्ड मसिन छ, तर चलाउने दक्ष जनशक्ति छैनन्

महेन्द्रनगर । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरमा रहेको अल्ट्रासाउण्ड मसिन दक्ष जनशक्ति नभएपछि प्रयोग बिहिन भएको छ । भीमदत्त नगरपालिका १५ का जनक भट्टले आफनो भैसीमा रहेको गर्भावस्था थाहा पाउनको लागि केन्द्रमा गएको तर चेकजाँच गर्ने मसिन भएपनि दक्ष प्राविधिक नहुँदा आफुले भैसीको गर्भावस्था थाहा नपाएको बताए ।

‘केन्द्रमा मसिन त छ तर त्यसलाई चलाउन जान्ने प्राविधीक नभएपछि समस्या भएको हो’ । उनले भने, ‘अब यत्रो लाखौको रकम खर्च गरेर ल्याएको मसिनलाई यसरी थन्काएर राखिएको छ, यसलाई प्रयोग गर्नु पर्ने देखिन्छ साथै सम्बन्धित कार्यलयले उक्त मसिन संचालनको लागी दक्ष प्राविधीकको व्यवस्था मिलाउनु पय्रो‘ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर प्रशासकिय अधिकृत छैठौ लक्ष्मणराज जोशीले उक्त मसिन २०७८ जेठमा नेपाल लाईभ स्टक सेक्टर इन्नोभेसन आयोजना हरिहर भवन ललितपुरले प्रदान गरेको बताए । ७ लाख ९० हजारमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरमा पुगेको उनले बताए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका सूचना अधिकारी तथा पशु विकास अधिकृत महेन्द्रराज पाण्डेयले उक्त मसिनको बारेमा गत वर्ष ३ दिनको तालिम लिएको भएपनि उक्त तालिम प्रयाप्त नभएको बताए । अहिले जनावरहरुमा समस्या भए आफुले तालिमबाट सिकेको जती अनुभवले उपचार गरिहेको बताए । यो कोर्ष गर्न २ देखी ३ वर्ष लाग्ने र यसको पढाई डाईग्नोस्टिक कोर्ष पढाई गरेको दक्ष जनशक्तिको अभाव नै रहेको उनले बताए ।

‘अहिले आफुले नै जनावरमा भएको समस्या हेर्ने गरेको छु, अब ठुलो समस्या अहिले सम्म आएको छैन’, उनले भने, ‘जसोतसो सेवाग्राहीहरुलाई आफुले सिकेको सिपको आधारमा सेवा प्रदान गरिरहेको छु’ ।उक्त मसिनले गाई भैसी, बाख्रा, कुकुर, बंगुरको गर्भावस्था बाँझोपन, तथा कलेजोमा हुने समस्या, आन्तरिक समस्यामा पनि हेर्न सकीने भएकोले दक्ष जनशक्तीको व्यवस्था भईदिए सबै सेवाग्राहीलाई सजिलो हुने उनले बताए ।

सम्बन्धित

Comments are closed.