महेन्द्रनगर । कैलालीमा ३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको बर्दयोरिया गाउँपालिका वडा नम्बर ४ का वीरबहादुर चौधरी, बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का ज्ञानबहादुर कठरिया र घोडाघोडी नगरपालिका वडा नम्बर ११ का ६३ वर्षीय काशिराम डगौरा पक्राउ परेका हुन् । चौधरी आगलागी मुद्दाका फरार प्रतिवादी हुन भने खठरिया वन मुद्दाका फरार प्रतिवादी हुन् ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाको प्रहरी समूहले पक्राउ गरेको हो । उनीहरुलाई कैलाली जिल्ला अदालत पठाइएको छ । चौधरीको २०६९ फागुन १३ गते फैसला भएको थियो भने कठरियाको २०७४ जेठ २९ गते ६ महिना कैदको फैसला भएको थियो । कैलालीमा वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । यस्तै, जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ का ६३ वर्षीय काशिराम डगौरा पक्राउ परेका हुन् ।
उनलाई कैलाली जिल्ला अदालतले ५१ हजार ८८ रुपैयाँ जरिवाना तोकेको थियो । फरारको सूचिमा रहेका वृद्धलाई इलाका प्रहरी कार्यालय, सुखडको समूहले पक्राउ गरेको हो । उनलाई कारवाहीका लागि कैलाली जिल्ला अदालत पठाइएको कैलाली प्रहरीले बताएको छ ।
Comments are closed.