कञ्चनपुरको दक्षिणी क्षेत्रमा अबैध काठको तस्करी बढ्यो

महेन्द्रनगर । कञ्चनपुरका दक्षिणी क्षेत्रबाट पछिल्लो समयमा अबैध काठहरु धमाधम बरामद गरिन थालेका छन् । कञ्चनपुरको लालझाडी पुनरवास बेलौरी लगायतका जंगलमा अबैध रुपमा काठहरु कटानी गर्ने चोरी तस्करी पनि बढेको पाईएको हो ।सामुदायिक वन एव संरक्षित वन क्षेत्रबाट दैनिक रुख कटानी हुने गरेका छन् ।

दैनिक रुख कटानी गरेर तस्कर समुहले स्थानीय सःमिल उद्योगमा बिक्रि वितरण गर्ने आफनो घरमा लुकाई छिपाई राख्ने गरेको पाईएको छ । लालझाडी गाँउपालिका ४ देखतभूलीका किशोर रानाले चोरहरुले रातीको समयमा जंगल जाने लुकछिुपी काठ हरु काट्ने गरेको बताए । सबैलाई थाहा छ सबै मुख दर्शक झै बसेको उनले बताए । यो तस्करीमा सबैको मिलोमतो रहेको उनले आरोप लगाए ।

देखाउनको लागि मात्र पक्राउ गरेको जस्तो कम मात्रामा काठ देखाउने तर भित्रभित्र धेरै तस्करी बढेको स्थानियले बताएका छन् । आईतवार र बुधवार गरी २ सय ५६ क्युफिट अवैध काठ बरामद गरिएको छ । बुधवार पनि जिल्लाको पुनर्वास नगरपालिका–११ अमरबस्तीबाट काठका गोलियासहित ४५ क्युफिट अवैध काठ प्रहरीले बरामद गरिएको छ ।

अमरबस्ती स्थित कालोपुल नजिक बिन्दबासिनी मन्दिरदेखि मदन टोल जोड्ने सडक किनारमा बेवारिसे अवस्थामा रहेको काठ प्रहरीले बरामद गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक नरेशराज मल्लले बताए । बरामद गरिएको १२ थान अर्थात ४५ क्युफिट गोलिया सव डिभिजन वन कार्यालय पचकडियामा बुझाइएको प्रहरीले जनाएको छ ।

यस्तै गत आईतवार पनि लालझाडी गाँउपालिका ४ देखतभूलीबाट ठुलो परिमाणमा काठ बरामद गरेको छ । देखतभूलीका ६ घरबाट काठ बरामद गरिएको थियो । चिरान गरीएको र गोलिया सहितको काठ झण्डै २११.१७ क्युफिट काठ बरामद गरिएको थियो । चिरानको ७४.८क्युफिट र १३६.३७ क्युफिट गोलिया बरामद सव डिभिजन वन कार्यालय पचकडियाले जनाएको छ ।

उक्त समयमा लालझाडी गाउँपालिका–४ देखतभुली र भीमदत्त नगरपालिका–३ तिलकपुरबाट अवैध काठसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो । डिभिजन वन कार्यालय कञ्चनपुर र लालझाडी सव–डिभिजन वन कार्यालयलगायतको टोलीले देखतभुली बस्ने मौले राना, सुबिता राना, काली राना, मोति राना, भंगी राना, विक्रम राना र कृष्णपुर नगरपालिका–४ बस्ने हरि चौधरी र भीमदत्त नगरपालिका–३ तिलकपुरका ३८ वर्षीय सागर बिष्ट पनि अवैध काठसहित पक्राउ परेका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.