बाजुरामा भुकम्पको डरले बाहिर हिउँमाथि बसेर पढाइ

महेन्द्रनगर । बाजुरामा मंगलवार गएको भुकम्पको त्रासले बिधार्थीहरु कक्षाकोठा भन्दा बाहिर हिँउ माथी बसेर पठन पाठन गरिहेका छन् । बाजुराको जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको सिद्धेश्वरी आवासीय आधारभूत विद्यालयले बालबालिकालाई हिउँमाथि पढाइ गर्दै आएका हुन् ।

जीर्ण बन्दै गएको सो विद्यालय भूकम्पले भत्किने हो कि भन्ने डरमा चिसो भए पनि शिक्षकले बालबालिकालाई अहिले हिउँमाथि बसालेर पढाइ गर्न थालेका हुन् । सिद्धेश्वरी आवासीय आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत सरिता गुरुङले विद्यालयभित्र बस्दा भूकम्पको डर लाग्ने गरेकाले चिसो भए पनि बाहिर हिउँमाथि बसेर पढाइ गर्दै आएको बताए ।

सिद्धेश्वरी आवासीय आधारभूत विद्यालयका प्रधानाध्यापक तुलाबहादुर रावतले पानीसँगै हिमपात भएपछि बिधार्थीहरुलाई भुकम्प त्रासले गर्दा कक्षाकोठा भन्दा बााष्हर हिँउ परेको ठाँउमा राखेर अध्यापन गराई रहेको बताए । दुई दिनपछि बल्ल घाम लागेको छ । विद्यालय धेरै पुरानो भएको छ । भूकम्पले पटक पटक झट्का दिँदै आएको छ ।

कति बेला विद्यालय भत्किएर बालबालिका चेपिन्छन् कि भन्ने डरले घाम लागेको समयमा बाहिर बाक्लो हिउँ भए पनि विद्यार्थीलाई त्यसै माथि बेन्च राखेर पढाउँदै आएको उनले बताए । यस विद्यालयमा ११२ जना विद्यार्थी अध्ययन गर्छन् ।

सम्बन्धित

Comments are closed.