महेन्द्रनगर । कञ्चनपुरमा अबैधरुपमा काठ तस्करी बढदै गएको छ । एक हप्तामा २ सय ९० क्युफिट काठ बरामद गरेको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ बाट ३४ दशमलव ९५ क्युफिट अवैध काठ बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले लालदाश रानाको घर पछाडीको आलु बारीमा खाडल खनी लुकाई राखेको अवस्थामा अवैध काठ बरामद गरिएको प्रहरीले बताएको छ ।
७ फिट लामो र ५ फिट १० इन्च गोलाई भएको सालको काठ एक थान, ८ फिट लामो र एक फिट ६ इन्च चौडाई तथा ८ इन्च मोटाई भएको थप दुई थान सालकै काठ बरामद गरिएको हो । प्रहरीले विशेष सुचनाको आधारमा बरामद गरेको ३४ दशमलव ९५ क्युफिट काठलाई सव–डिभिजन बन कार्यालय बाणीमा बुझाएको छ ।
यस्तै, बुधवार पनि जिल्लाको पुनर्वास नगरपालिका–११ अमरबस्तीबाट काठका गोलियासहित ४५ क्युफिट अवैध काठ प्रहरीले बरामद गरिएको थियो भने, आईतवार पनि लालझाडी गाँउपालिका ४ देखतभूलीबाट२११.१७ क्युफिट काठ बरामद गरिएको थियो ।
Comments are closed.