समाजसेवी विनय मल्लले गरे घाईतेलाई ५० हजार सहयोग

घाईतेकी श्रिमतीले भनिन मल्लको मन महान छ

महेन्द्रनगर । समाजसेवी, युवा मनका ढुकढुकी, डडेल्धुराका आशाका केन्द्रविन्दु विनय प्रकाश मल्लले मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइतेलाई उपचारको लागी आर्थिक सहयोग गरेका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वार्ड न. ०३ ठेगाना भएका नेपाल प्रहरीमा कार्यरत सहायक हवल्दार हर्केश बिस्ट मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका उनको उपचरा को लागी समाजसेवी युवा मल्लले ५० हजार सहयोग गरेका हुन् ।

उनी ४ महिना अगाडी अत्तरिया धनगढी सडक खण्डमा दुर्घटनामा परेका थिए । हाल उनको उपचार काठमाण्डौको प्रहरी अस्पतालमा उपचार भईरहेको छ । अहीले थप उचारका लागि आर्थिक सहयोग अभियान चलिरहेको छ । बिष्टको उपचारका लागि भन्दै डडेल्धुराका अमरगढी नगरपालिका घर भई हाल जापानमा रहेका विनय प्रकाश मल्लले ५० हजार आर्थिक सहयोग गरेका छन् ।

आफुले कहिले पनि नचिनेको समाजसेवी मल्लले गरेको सहयोगले आफुलाई ठुलो गुन लगाएको उनकी श्रिमती नीरुता विष्टले बताईन् । आफुमा अहिले बज्रपात परेको छ, यो समयमा आफुले नचिनेको नदेखेको समाजसेवी मल्लले गरेको सहयोगले आफनो श्रिमानलाई बचाउनको लागी उपचारमा खर्च गर्ने बताईन् । मल्ललाई उनले भगवानको रुप रहेको बताईन् । घाईते विष्टकी ६ वर्षकी छोरी छिन् ।

समाजसेवी, युवा मनका ढुकढुकी, डडेल्धुराका आशाका केन्द्रविन्दु विनय प्रकाश मल्लले विगत ८ वर्षदेखी डडेल्धुराका बिभिन्न क्षेत्रमा रहेको दिनदुखीलाई राहत, स्वास्थ्य उपचार, शिक्षा, बिधालयमा शैक्षिक सामग्री, पढनबाट बञ्चित भएका बालबालिकाहरुलाई शैक्षिक सामग्री, बिधालय पोशाक, मठमन्दिर निर्माण, तथा कला संस्कृतिहरुलाई जेगर्ना गर्नका लगि पनि साथ र सहयोग गर्दै आईरहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.