महेन्द्रनगर । कञ्चनपुरमा कुष्ठरोगीको संख्या घट्दो क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आईतवार ७०औँ विस्व कुष्ठरोग दिवसको उपलक्ष्यमा जिल्लामा कुष्ठरोगीको संख्या घट्दो क्रममा रहेको बताईएको हो । जिल्लामा यो आर्थिक वर्षको ६ महिनामा २४ जना बिरामीहरु रहेको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्र भट्टले जानकारी दिएकी छिन् ।
सबै भन्नदा बढी बिरामी पुनरवास नगरपालिकामा रहेको छ उक्त पालिकामा ६ जना कुष्ठरोगका बिरामी रहेका छन् । यस्तै, लालझाडी गाँउपालिकामा १ जना, कृष्णपुर नगरपालिकामा १ जना, भीमदत्त नगरपालिकामा ४ जना, बेलडाँडी गाँउपालिकामा २ जना, वेदकोट नगरपालिकामा ३ जना, दोधारा चाँदनी नगरपालिकामा २ जना, बेलौरी नगरपालिकामा ३ जना, र शुक्लाफाँटा नगरपालिकामा २ जनामा कुष्ठरोग रहेको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले बताईन् ।
गत आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा ३२ जना कुष्ठरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालयका क्षयरोग कुष्ठरोग सम्पर्क व्यक्ति नरेन्द्रसिंह रावलले जानकारी दिए । कुष्ठरोगीहरुले ६ महिनाको औषधी नियमीत खाएर पूर्णरुपमा निको भयो भने, सरकारले कुष्ठरोगीलाई यातायात खर्च वाफत १ हजार रुपैँया पनि दिने गरेको उनले बताए । सबै कुष्ठरोगी बिरामीहरुले नियमीत औषधी खाईदिने भएर पनि निको हुनेको संख्या पनि बढेको उनले बताए । सुदूरपश्चिम प्रदेशमा ०७८÷७९ मा २०५ जनामा रोग भेटिएको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा भने ७२ जना कुष्ठ रोगी भेटिएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । सुदूरपश्चिममा ७ वर्षको अवधीमा झण्डै १६ सय जना कुष्ठरोगी भेटिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२÷७३ देखि हाल सम्म प्रदेशभर १ हजार ५ सय ९१ जना कुष्ठ रोगी भेटिएका हुन् ।