प्राचिनकालको बैजनाथ मन्दिरमा मेला सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १ रौटेलामा रहेको प्राचिनकालको बैजनाथ मन्दिरमा मेला सम्पन्न भएको छ । प्रत्येक वर्ष माघ महिनाको शुक्लपक्षको नवमीमा राती रतडी र दशमीको दिनमा भव्यरुपमा मेला जात्रा तथा पूजा अर्चना गरिएको छ । यस वर्ष पनि उक्त मन्दिरमा भव्यरुपमा दर्शनार्थीहरुले पुजा अर्चना गरी आफनो मनोकामना सहित पुजाआजा सम्पन्न गरेका छन् ।

स्थानिय लगायत अन्य पालिका तथा जिल्लाबाट र भारतबाट पनि दर्शन गर्न आएका दर्शनार्थीहरुले आफनो मनोकामना पुरा भए पछि भाकल स्वरुप केही चिनोबानो चडाउने गरेको मन्दिर मुल पूजारी भोजराज चटौतले जानकारी दिएका छन् । परापूर्व कालमा पहाडबाट तराँईमा बसाई सर्नेबेलामा गाई गोरुहरु चराउने अवस्थामा गाईको थुनबाट दुध आफै खसिरहेको देखेपछि स्थानियहरुले उक्त क्षेत्रमा मन्दिर निर्माण गरी धार्मिक क्षेत्र बनाएपछि धार्मीक तथा पर्यटकिय हिशावले पनि चर्चा कमाएको पुजारी चटौतले बताए । यो मन्दिरमा रहेको संरचना तथा भौतिक संरक्षण गर्न पालिकाले तथा अन्य निकायले सहयोग गरेमा आन्तरिक तथा बाह्य पर्यटकहरुको पनि संख्या वृद्धि हुने र देशले आर्थिक स्रोतको रुपमा पनि लिन सकिने वडा अध्यक्ष आषिफ कुँवरले बताए ।

मन्दिरलाई व्यवस्थित गर्न र त्यसको संरक्षणमा आफु लागी परेको उनले बताए । साथै, प्रत्येक वर्ष लाग्ने मेलालाई व्यवस्थापन गर्नको लागी विगतको भन्दा अहिले सरसफाई, मेलामा संचालनमा आएका पसलहरुलाई मन्दिर परिसर भन्दा अलि पर राखेर संचालन गर्ने, शान्ति सुरक्ष ागर्न र दर्शनार्थीहरुलाई सहजरुपमा दर्शन गर्ने व्यस्था पनि मिलाईएको बैजनाथ सेवा समाजका अध्यक्ष नवराज जोशीले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.