महेन्द्रनगर । कञ्चनपुरमा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आईतवार साँझ करिब ६ बजे बेलौरी–कलुवापुर सडकखण्ड अन्र्तरगत चान्देवको जंगल क्षेत्रमा दुर्घटनामा परी बेदकोट नगरपालिका १० दैजीका २८ बर्षिया शुकराम रानाको मृत्यु भएको हो ।
मोटरसाईकल चालक समेत रहेका रानाको घटनास्थलमै मृत्यु थियो , भने अन्य दुई युवक घाईते भएका छन् । मोटरसाईकलमा ठक्कर दिने टेक्टरको पहिचान गरेर दोषी उपर कार्बाहीको माग अघि सारेर स्थानियहरु आन्दोलित भएका छन् ।
Comments are closed.