महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका ८ गैलनदीमा नव निर्मित स्वास्थ्य कार्यालयको भवनमा समयमा योजना सम्पन्न नभएको तथा योजना दिगो रुपमा तयार नभएको पाईएको छ । मंगलवार वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलशी जोशी, प्रमुख प्रशासकिय अधिकृत पदमराज भट्ट, वडा नम्वर ५ का अध्यक्ष चित्रदेव भट्ट, प्रविधिक टोली कार्यपालिका सदस्य लगाएतको टोलीले गरेको अनुगमनमा उक्त नव निर्मित भवन ईस्टीमेट अनुसार निर्माण गरिएको भएपनि योजना दिगोरुप सम्म रहने गरी काम नभएको पाईएको हो ।
२०७७ साल सावनमा अस्मीता बिल्डर्सले ठेक्का पाएको र १ वर्ष भित्र योजना सम्पन्न गरिसक्नु पर्ने भएपनि उक्त योजना ४ वर्ष पुरा हुनै लाग्दा समेत सम्पन्न नभएको उपप्रमुख जोशीले बताईन् । ‘यो जनताको काम हो यस्मा पनि यती लापरवाही गर्न मिल्छ, समयमै ठेकेदारले काम सम्पन्न गरिसक्नु पर्ने हो । उनले भनिन, ‘आफुले गरेको अनुगमनमा पर्खाल कमजोर छ, पानी परेको खण्डमा भत्किने खालको भएको र माटो भरान पनि नभएको पाईएको छ’ ।
खाल्डो भित्र घर निर्माण गरिएको पाईएको र एक हप्ता पहिला अुनुगमनमा आएको बेलामा पनि सबै निर्माण नभएको अवस्था पाईएको थियो तर अहिले आएर सबै मिलाएर बनाए पनि दिगो काम नभएको उनले बताईन । ५३ मिटर लामो पर्खालको कुनै पनि ठाँउमा पिल्लर नराखेको भएर उक्त पिल्लर कमजोर भएर ढल्न सक्ने भएकोले उक्त ईस्टीमेट बनाउँदा पनि ध्यान नदिएर बनाएको जस्तो आफुलाई लागेको उनले बताईन् ।
जनताको सम्पत्ती जनताको लागि निर्माण हुने जुनसुकै योजनाहरु बनाउँदा दिगो रुपमा रहने गरी बढी फाईदा लिन मिल्ने बनाउनु पर्ने उनले बताईन् । अहिले सम्म यो योजना सम्पन्न भई सकेर पनि सेवा दिन सुरु गर्नु पर्ने भएपनि अहिले सम्म योजना सम्पन्न नहुँदा स्थानियलाई सास्ती भएको स्थानिय पदम नेपालीले बताए । आफनो नजिक स्वास्थ्य चौकी बन्दै छ भनेर सुरुमा खुशी भएको भएपनि अहिले सम्म संचालनमा नआउँदा अलि दुखी भएको उनले बताए ।
वेदकोट नगरपालिकासँग आफनै जग्गा जमिन नभएको अवस्थामा यो जमिन पाएपछि स्वास्थ्य संस्था संचालन गर्न यो जमिनमा योजना बनाएको प्रमुख प्रशासकिय अधिकृत पदमराज भट्टले बताए । साथै ठेकेदारहरुले समयमा योजना सम्पन्न नगरीदिने कार्यले आजित भएको र कोरोनाको कराणले केही समय ढिलो गरी काम भएको उनले बताए । योजनाका ठेकेदार अमरबहादुर बमले आफुले २२ लाख ५१ हजारमा ठेक्का पाएको र ईस्टिमेट अनुसार नै काम गरेको बताए ।
तर समयमा काम सम्पन्न गर्न नसकेको उनले स्विकार गरेका छन् । स्थानियहरुले पालिकाका प्रविधीक कर्मचारीहरुले पनि समयसमयमा आएर अनुगमन नगरेकोले यो योजना निर्माणमा ढिलाई भएको बताएका छन् ।
Comments are closed.