महेन्द्रनगर । आफु खुशी बिभिन्न औषधीहरुको प्रयोग नगर्न चिकित्सकहरुले आग्रह गरेका छन् । सामाजिक विकास मन्त्रालय प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्रले एन्टिबायोटिक लगायतका औषधीको समुचित प्रयोग तथा एम.आर सम्बन्धि जनचेतना अभिबृद्धि कार्यक्रममा आम उपभोक्ताहरुले जे पायो त्यही औषधी खाईदिनाले स्वास्थ्यमा समस्या बढेको बताए ।
प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख हेमराज खडकाले मानव स्वास्थ्यमा एन्टिबायोटिक औषधीको मात्रा बढी देखिएकोले बिरामीहरुलाई निको बनाउनको लागि अन्य औषधीले पनि काम गर्न छोडेको र समस्या हुने गरेको उनले बताए । अहिले हामी सबै डाक्टर भएका छौ, सानो केही बिरामी भयो भने, आफै मेडिकलमा गएर औषधी मागेर खाने गरेका छौ त्यही बाट हामीले गल्ती गरेकाछौ राम्रमरी चेकजाँच नगरी आफै औषधी खानाले उक्त औषधीले कस्तो प्रभाव तथा समस्या पार्छ भनेर नजानी खाएको भएर नै अहिले बिरामीहरु निको हुन समस्या भएको छ ।
बिगतमा औषधी नभएर बिरामीको मृत्यु हुने गरेको थियो भने अहिले औषधी हँुदा हँुदै पनि अन्य औषधीले काम गर्न छोडेपछि बिरामीको मृत्यु हुने समस्या बढेको उनले बताए । कैलालीमा एक चार महिनाको शिशुलाई परिक्षण गर्दा बच्चामा समेत एन्टिबायोटिक मात्रा बढी देखिएको पाईएको छ । बिज्ञ चिकित्सकको सल्लाह अनुसार मात्र औषधी खानु पर्ने प्रमुख खडकाले बताए ।
महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट डा. अर्जुन भट्टले अहिले अस्पतालमा आउने बिरामीहरुमा पहिले नै एन्टिबायोटिक औषधीको मात्रा अत्यधिक रहेको पाईएको बताए । ‘उपचार गर्न आउने बिरामीहरुलाई चेकजाँच गर्दा पहिले ने एन्टिबायोटिक औषधीको मात्रा बढी हुन्छ’ उनले भने, ‘फेरी बिरामीलाई निको पार्न बिभिन्न औषधी दियो भने बिरामीको समस्याको समाधान नहुने देखिएको छ ।
आफु खशी जथाभावी रुपमा जतिखेर पनि चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक औषधी खाने गरेको कारणले पनि यस्तो समस्या आएको उनले बताए । यस्तै समस्या जनावरहरुमा पनि देखिएको भीमदत्त नगरपालिकाका पशु चिकित्सक डा. दिनेश पन्तले बताएका छन् ।
जनावरहरुको मासु दुधजन्य पदार्थहरुसँग मानव प्रत्यक्ष जोडिएको अवस्थामा उनिहरुलाई पहिले नै बिभिन्न औषधी सुईहरु लगाएको हुने र उसले दिने दुध मासु अण्डा मानवले प्रयोग गर्ने भएपछि पछि फेरी स्वास्थ्यमा बिभिन्न समस्या देखापर्ने उनले बताए ।
Comments are closed.