महेन्द्रनगर । ‘कृषि उत्पादन र स्वरोगार आर्थिक सम्बृद्धिको आधार’ भन्ने मुल नाराको साथमा कञ्चनपुरमा १४ औँ सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०७९ हुने भएको छ । आउँदो १ फागुन देखि १० गतेसम्म कञ्चनपुरको महेन्द्रनगरमा औद्योगिक व्यापार मेला हुने भएको छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा महेन्द्रनगर खुुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०७९ हुने भएको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । आर्थिक अवस्थालाई चलायमान गराउन, व्यावसायी व्यापारीहरुले आफनो उत्पादनलाई बढी भन्दा बढी उपभोक्ता माँझ पुय्राउने उदेश्यले मेलाको आयोजना गरिने उनले बताए ।
वाणिज्य संघले ०५७ सालदेखि मेला संचालन गर्दै आएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले कोरोना महामारीका कारण दुई बर्ष लगातार हुन नसकेको मेला यस पटक संचालन गरेर देशकै कार्यकारी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बाट उद्घाटन गराउने कार्यक्रम रहेको बताए । कञ्चनपुरमा रहेको राष्ट्रिय गौरवको योजनाको अनुगमन गर्न आउने भएकोले त्यही समयलाई मिलाएर उदघाटन पनि हुने उनले बताए ।
मेला अविधीभरमा करिब २ लाख जनाले मेलाको अवलोकन गर्ने र करिब ५ देखी १० करोडको व्यापार गरिने अनुमान गरिएको छ । १० दिन सम्म संचालन हुने मेलामा ३ सय भन्दा बढी स्टलहरु रहने भएका छन् । मेला अलोकनका लागि साधारण तर्फ ८० र विद्यार्थी सहुलियत ४० रुपैया तोकिएको छ । आर्थिक गतिबिधी बृद्धि गराउने, स्थानीय बस्तु तथा सेवा, पर्यटन, कलाको प्रर्बद्धन गर्ने उदेश्यले मेला संचालन गर्न लागिएको अध्यक्ष जोशीले बताए ।
महोत्सवमा लघु उद्यम, अटो प्रर्दशनी, कृषि गारमेन्ट,बाल उद्यान सहित सुदूरपश्चिमको झल्किने लोकसंस्कृति प्रस्तुत गरिनेछ । स्थानीय तथा राष्ट्रिय कलाकारबाट समेत साँस्कृतिक कार्यक्रम संचालन गरिनेछन । महोत्सवमा विभिन्न कला, संस्कृति, उद्यम व्यवसायी प्रकृतिका ३ सय स्टल हुने छन । कञ्चनपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष जंग बहादुर मल्लले संघले यसअघि देखि गर्दै आएका यस क्षेत्रका विकासका योजनालाई समेत अघि बढाउने भूमिका निर्वाह गर्दै आएको र यस पटकको मेलाले थप काम गर्ने बताए ।
उनका अनुसार मेलाको प्रति टिकटबाट एक रुपैयाका छुट्टाएर समाजिक काम गर्ने बताए । महासचिव खगेश्वर बोहराले मेलाको मुख्य प्रयोजक प्रभु बैंक लिमिटेड, प्रयोजकमा गोर्खा ब्रअरी, निको ईन्सोरेन्स कम्पनी लिमिटेड र प्रर्बद्धकमा सनराई बैक, डिसहोम रहेका छन ।
Comments are closed.