कञ्चनपुरमा तालतलैया पुरिँदै

महेन्द्रनगर । कञ्चनपुरमा रहेका बिभिन्न तातलैयाहरु पछिल्लो समय पुरिँदै तथा सुक्दै जान थालेका छन् । जिल्लामा रहेको वेदकोट ताल, झिलमिला ताल, भकुण्डा ताल, बन्दा ताल, रानी ताल लगायत सिमसार क्षेत्रमा रहेको बिभिन्न तालहरु पुँरिदै तथा सुक्दै जान थालेका छन् । राष्ट्रिय वातावरण तथा समविकास समाज कञ्चनपुरका कार्यकारी निर्देशक भवराज रेग्मीले सिमसार क्षेत्र अत्यधिक उपभोगका कारण बिग्रँदै गएको बताए ।

यो अत्यधिक चरण, जडीबुटी सङ्कलन, पानीको प्रयोग र आवश्यकताभन्दा बढी दोहन थलोका रूपमा प्रयोग, प्रदूषणग्रस्त, धार्मिक पर्व, मेलापातमा तीर्थालुले जथाभावी पूजासामग्री विसर्जन गर्नु, वरपरका खेतमा रासायनिक मल तथा विषादी प्रयोगले सिमसार दूषित बन्दै गएको उनले बताएका हुन् । अहिले जिल्लामा रहेको बतिपय तालतलैया पानीका मुहानहरु प्नि विस्तारै हराँउदै गएको उनले बताए ।

भूमि अतिक्रमणले सिमासार क्षेत्र हराउन थालेको छ । भूक्षय सिमसारका लागि अर्वुद रोगजत्तिकै खतरनाक भएको छ । वरपरबाट बगेर आउने भेलसँगै ढुङ्गा, बालुवा, पाङ्गो माटो थुप्रिएर सिमसार सुक्ने सम्भावना रहेको शुक्लाफाटा आरक्ष प्रमुख संरक्षण अधिकृत किशोर महताले बताए । दैवीप्रकोपले गर्दा सिमसारले थेग्नै नसकिनेगरी बाढी, पहिरो र पानी समस्याका रूपमा आएको देखिन्छ ।

जलवायुजन्य जोखिम तथा अवाञ्छित मानवीय कारण सिमसार क्षेत्र संकटमा पर्दै गएको उनले बताए । सिमसार क्षेत्रको संरक्षण, सम्बद्ध तथा दिगो व्यवस्थापन गरी त्यहाँबाट उत्पादन हुने वस्तु र सेवाको दिगो सदुपयोगका लागि तीन तहका सरकार, स्थानीय समुदाय र निजी क्षेत्रले पनि सक्रिय भुमिका निभाउनु पर्ने बताए । उनले सफा जल र स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक सिमसार क्षेत्रको संरक्षण, सम्बद्र्धन र सदुपयोग गर्नका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिल्ने विश्वाससहित यसका लागि आवश्यक नीतिगत तथा संस्थागत व्यवस्थाका लागि आपसी समन्वय, सहकार्य र सह–अस्तित्वसहित सिमसार क्षेत्रको संरक्षण गर्नसमेत आग्रह गरेका छन् ।

जानेर वा नजानेर सिमसार क्षेत्र अतिक्रमण हुने गरेका, सहरी क्षेत्रका सिमसार प्रदूषित हुने गरेका, पहाडी क्षेत्रमा जथाभावी रुपमा सडक खन्दा र सहरी क्षेत्रमा जथाभावी रुपमा हुने बसाइँसराइ र भौतिक विकास निर्माणले गर्दा सिमसार क्षेत्र नासिँदै गएका छ । पछिल्ला दिनमा जलवायु परिवर्तनको जोखिमका कारण सबैभन्दा बढी नकारात्मक प्रभाव सिमसार क्षेत्रमा पर्ने गरेको छ भने तापक्रम अत्यधिक वृद्धि हुँदा सुख्खा समयमा सिमसारको पानी सुक्ने गरेको र अत्यधिक वर्षाले गर्दा बाढीपहिरो र डुबानको कारण सिमसार क्षेत्र पुरिने गरेका छन् ।

सिमसार क्षेत्र भएका पारिस्थितिकीय प्रणालीले कार्बन सञ्चिति गर्ने क्षमता बढी हुने र जलवायु अनुकूलन क्षमता समेत बढी हुने हुँदा यिनको संरक्षण, सम्बद्ध र दिगो सदुपयोग अति आवश्यक रहेकामा उनले जोड दिएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.