वैजनाथ सुडा खानेपानी चौथौ साधारण सभा सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका ९ मा रहेको वैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले आफनो चौथौ साधारण सभा सम्पन्न गरेको छ । आफनौ कार्यालयको प्राङगणमा शनिवार आफनो चौथौ साधारण सभा सम्पन्न गरेको हो ।

वैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष करन सिंह विष्टको सभापतित्व रहेको कार्यक्रमको प्रमुख अतिथीमा जगर प्रमुख भोजराज बोहरा रहेका थिए । यसैगरी कार्यक्रमको बिशिष्ट अतिथीमा वडा नम्वर ९ का अध्यक्ष जनकसिंह विष्ट, खानेपानी सवडिविजन कार्यालयका प्रतिनीधी रहेका थिए । २०७१ साल देखी सुरु भएको खानेपानीले अहिले ३ सय ९५ घरधुरीलाई स्वच्छ खानेपानी वितरण गर्दै आएको वैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष विष्टले जानकारी दिए ।

नगर प्रमुख बोहराले आफनो क्षेत्रमा रहेको खानेपानी समितिले जनतालाई स्वच्छ खानेपानीको पहुँचमा पुय्राएर ठुलो योगदान गरेको र। आगामी दिनमा यस्को सम्बर्धन तथा गुणस्तरमा पनि ध्यान दिन तथा आफुले गर्ने सहयोगको लागि सदैव तत्पर रहने उदघोष गरे ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.