बझाङमा छुट्टाछुट्टै दुर्घटनामा २ महिलाको मृत्यु

महेन्द्रनगर । बझाङमा छुट्टाछुट्टै दुर्घटनामा परी २ जना महिलाको मृत्यु भएको छ । खप्तड छान्ना गाउँपालिका – १ गोठ्खोलाकी धर्मा देवी खत्रीको रुखबाट लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बझाङले खत्रीको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।

यस्तै अर्काे घटनामा बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका – ४ को बजुवा बगरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार अन्दाजी १८÷२० बर्षकी किशोरीको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको पहिचान भने हुन सकेको छैन् । धनगढीबाट बझाङका लागि छुटेको सुपप्र ०१००१ ख ३०७१ नम्बरको ट्रकले सुपप्र ०१०१० प ५३१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टले बताएका छन ।

उनले मोटरसाइकल चालक र ट्रक चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन । घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.