कञ्चनपुरमा बिधुतिय फ्युजका तारहरु नजिक हुँदा जोखिम बढ्यो

महेन्द्रनगर । कञ्चनपुरमा बिजुलीको पोलमा रहेको फ्युजका तारहरु सडक नजिक तथा हातको पहुँच नजिक राखिए पछि दुर्घटनाको जोखिम बढेको छ । जिल्लामा रहेका नौ वटै पालिकामा बिधुतिय पोलमा रहेका ट्रान्सफर्मरबाट आएको हाई भोल्टेज फ्युजका तारहरु खुल्ला काठको बाकसमा जमिनबाट केही फिट मात्रै माथि राखिएको पाईएको हो ।

वेदकोट नगरपालिका ६ का स्थानिय प्रमे विष्टले आफनो पसलको अगाढी पनि पोलमा राखिएको बिधुतिय ट्रान्फार्मरबाट आएको हाई भोल्टेज फ्युजका तारहरु खुल्ला काठको बाकसमा हातले छुन मिल्ने गरी राखिएको बताए । काठको बाकस छ तर खुल्ला रहेको छ, त्यँहा कुनै बेला बालबालिकाले हात हालि दियो भने जुनसुकै बेलामा पनि दुर्घटना हुनसक्ने उनले बताए ।

यो विषयमा बारम्बार महेन्द्रनगर वितरण केन्द्रलाई बनाईदिन आग्रह गरे पनि कसैले ध्यान नदिएको उनले गुनाशो गरे । ‘पसल नजिक बिधुतिय ट्रान्फार्मरबाट आएको हाई भोल्टेज फ्युजका तारहरु छन् बालबालिकाहरु आउँछन अब कति बेलामा के हुन्छ डर लाग्छ’ उनले भने, ‘बेलाबेलामा उक्त फ्युज पडकेर आगलागी पनि भएको छ काठको बाकस पोलिएको छ’ । यस्तै समस्या भीमदत्त नगरपालिका १८ पुष्पलाल चोक भन्दा अगाढी सुदूरपश्चिम विश्व विधालय जाने बाटोमा पनि रहेको छ ।

नजिकै बोर्डिङ स्कुलहरु रहेको र नजिकै खल्ला रुपमा फ्युज हालेको काठको बाकस खुल्ला रहेको र जमिन भन्दा केही फिट मात्रै माथि राखिएको स्थानिय पदमा भण्डारीले बताईन् । ‘बालबच्चाहरु विधालय आउँछन यो जोखिम रहेको छ यती नजिक यस्तो जोखिम कुरा राखेर के गर्न खोजेको हो यो विधुत कार्यालयले’ उनले भनिन, ‘यो विषयमा धेरे भन्दा पनि कानमा तेल हालेर बसेको छ बिधुत कार्यालय’ गत वर्ष यही एउटा गाईको बाच्छोलाई पनि करेन्ट लागेर मृत्यु भएको उनले बताईन् ।

यता महेन्द्रनगर वितरण केन्द्रले यो समस्याको समाधान गर्नको लागि टोली खटिएको बताए । अहिले सम्म जिल्लामा रहेका ४० देखी ५० वटा क्षेत्रमा उक्त काठको बाकसहरु मर्मत गरि सकेको र अझै काम गर्न बाँकी रहेको महेन्द्रनगर वितरण केन्दका प्रमुख चुटुन कुमार श्रिवास्तव ले बताए । सडक किनारामा रहेका पोलमा सडक निर्माण गर्दा माटो भरानले पोलको उचाई कम भएर बिधुतिय ट्रान्फार्मर नजिक भएर समस्या भएको उनले बताए । ठाँउहरु एकिन गरेर यस्तो समस्या भए तुरुन्तै कार्यालयमा सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।

सम्बन्धित

Comments are closed.