सुदूरपश्चिममा प्रदेशसभा बैठक ४ बजेलाई सारियो, उन्मुक्ती आफनै अडानमा

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशसभाको बैठक बिहिवार दिउँसो १ बजेलाई बोलाइएको बैठकसारिएको छ । आज दिउँसो ४ बजेका लागि बैठक बोलाईएको प्रदेशससभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए । मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने प्रयोजनका लागि बिहीबार प्रदेशसभा बैठक बोलाइएको हो । तर अहिलेसम्म मुख्यमन्त्रीको पक्षमा सदनको बहुमत जुटेको छैन ।

बहुमतका लागि निर्णायक मानिएको ७ प्रदेशसभा सदस्य रहेको दल नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताइसकेको छ । तर सहमतिको सम्भावना खोजीका लागि सभामुखले बैठक सारेका हुन् । मुख्यमन्त्री रावलले बिहीबार विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ । उनले विश्वासको मत लिन नसकेमा स्वतस् पदमुक्त हुन्छन् । सभामुखले बैठडक सारेकामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने विरोध जनाएको छ । संसदीय दलका नेता कमल शाहले सभामुख सरकारको निर्देशनमा चलेको आरोप लगाएका छन् । ‘यसरी भोलिका दिनमा सभामुखले कसरी काम गर्छन्’ उनले प्रश्न गरे ।

विपक्षी दल नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले पनि मुख्यमन्त्रीले विश्वासको मत लिने दिन बैठक सार्ने परम्परा नरहे पनि सभामुखले सारेको भन्दै असन्तुष्टि जनाए । यता, नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने भएको छ ।

रावलले आज बिहीबार विश्वासको मत लिने तय भएको छ । तर सरकार गठन गर्ने बेला अन्तिम समयमा साथ दिएको नाउपाले विश्वासको मत नदिने बताएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भनिन्, ‘हाम्रो मागमुद्दा सम्बोधन नहुने भएपछि हामीले विश्वासको मत नदिने निर्णय गरेका छौं ।’ बुधबार विश्वासको मत दिने कार्यक्रम स्थगित गरेर एमाले नेताहरुले बुधबार नाउपा नेताहरुसँग छलफल गरेका थिए । तर कुनै सहमति हुन सकेन ।

सम्बन्धित

Comments are closed.