कञ्चनपुरमा ट्राफिक प्रहरीद्धारा चेकजाँचमा कडाई, दुर्घटनामा कमी ल्याउने बिश्वास

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय ट्राफिकले चेकजाँचमा कडाई गरेको छ । जिल्लामा रहेका बिभिन्न ठाँउमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक उमेश चन्दको नेतृत्वमा सक्रियता बढाएको छ । बढ्दै गएको दुर्घटनालाई न्युनिकरण गर्न ट्राफिक नियमको सहि पालना गराउनका लागी आफुहरुले सक्रियता बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक उमेश चन्दले बताए ।

पछिल्लो समय जिल्लामा बढदै गएको दुर्घटनाको प्रमुख कारण भनेको तिव्र गतीमा सवारी साधन गुडाउने, मापसे गरि सवारी हाक्ने, बढ्दो सावरी साधन, सडकको मापदण्ड पुरा नभएको बिभिन्न कारणले दुर्घटना बढेको उनले बताए । अहिले जिल्लामा आफुहरुले नौ वटै पालिकामा जहाँ सकिन्छ त्यँही ट्राफिक प्रहरी राखेर जनचेतना दिने चेकजाँच गर्ने कार्यलाई तिव्रता दिएको उनले बताए ।

आफुहरुसँग जनशक्तिको अभाव रहेको छ, अहिले बजार क्षेत्र वेदकोट नगरपालिका एयरपोर्ट रोड लगायतका बिभिन्न क्षेत्रमा चेकजाँच मात्र नभएर दुर्घटनालाई कमी गर्नको लागी सडक सुरक्षा सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु,सवारी दुर्घटनाबाट बच्ने उपाय लगायत ट्राफिक ऐन नियमहरुबारे चेतनामुलक जनचेतना पनि दिईरहेको र कतिपय सवारी चालकले आफुले गल्ती गर्दै आएको स्विकार गरेको र अब उपरान्त त्यस्ता गल्ती नगर्ने प्रतिबद्धता पनी गरेको उनले बताए ।

अहिले चोरीको मोटरसाईकल विना कागजात भएको सवारीसाधन पनि बढदै गएपछि कुनै दुर्घटना भयो भने कुनैपनि परिचय नखुल्ने समस्या पनि रहेकाले सबैलाई सचेत गराउन र नियम पनि सिकाउनको लागि यो चेकजाँच गरिएको उनले बताए ।भीमदत्त नगरपालिका ४ का कृष्ण पाण्डेयले ट्राफिक प्रहरी कार्यालयले गरेको चेकजाँच राम्रो रहेको बताए ।

बजारमा अनावस्यक गतीमा मोटरसाईकल हाक्ने, सडकमा हिडने व्यक्तिहरुलाई पनि डरैडरले हिँडनुपर्ने अवस्था रहेकोमा अहिले यो चेकजाँचले केही राहत भएको उनले बताए । अहिले बजारमा बिना लाईसेन्स मोटरसाईकल चलाउने, विना कागजात चोरीका मोटरसाईकल पनि चलाउने गरेको पाईएको भएर पनि यो चेकजाँचले त्यस्ता अबैधानिक मोटरसाईकलहरु पनि नियन्त्रणमा लिएर अपराधमा कमी हुने स्थानियहरुको भनाई रहेको छ ।

सम्बन्धित

Comments are closed.