डडेल्धुरामा आँखा शिविरबाट ५ सय ५३ जनाले सेवा लिए

महेन्द्रनगर । परशुराम नगरपालिका र नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको आयोजना तथा सेभा फाउण्डेशनको सहयोगमा आँखा शिविर सम्पन्न भएको छ । माघ २२ देखि २४ गते सम्म डडेल्धुराको परशुराम नगरपालिका जोगबुढामा संचालित शिविरमा ५ सय ५३ जनाले आँखा उपचार सेवा लिएका छन् । जसमध्ये ७९ जना मोतिविन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया गरि लेन्स प्रत्यारोपण द्वारा गुमाएको दृष्टि पुनः प्रदान गर्न अस्पताल सफल भएको गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. सुजाता भण्डारीले जानकारी दिईन ।

उक्त शिविरमा ४७४ जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार समेत गरिएको थियो । शिविरमा सेवा लिने मध्ये केही आर्थिक अभाव, तथा सेवा लिन अस्पताल आउन नसकेका मोतिविन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरि रहेका आँखाका रोगीहरुले पुनः दृष्टि पाउँदा हर्षित देखिएका थिए ।

गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. सुजाता भण्डारीको नेतृत्वमा संचालित उक्त शिविरमा, नेत्र अधिकृत रुद्र राज भट्ट लगायत १४ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेका थिए ।

सम्बन्धित

Comments are closed.