महेन्द्रनगर । अपाङगता भएका व्यक्तीहरुका लागी बनाईएका ऐन नियमहरु आफु अनुकुल नभएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । सुदूरपश्चिम समावेशी अपाङग संघ भीमदत्त नगरपालिका १८ को सहयोग र एबिलिस फान्डेसनको आर्थिक सहयोगमा संचालन भएको संयुक्त राष्ट्र संघिय अपाङगता भएका व्यक्तीहरुको अधिकार सम्बन्धी महासन्धी र अपाङगता अधिकार ऐन सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागी जनाएका व्यक्तीहरुले नेपाल सरकारले निर्माण गरेका ऐन नियमहरु बाँझिदा अपाङगता भएका व्यक्तीहरुलाई समस्या भएको जिकिर गरेका हुन् ।
सरकारले बनाएका ४ थरी परिचय पत्र पनि पहुँचका आधारमा वितरण हुने, पहुँच नभएका खास अपाङग भएका व्यक्ती पछि परेको दुष्टान्त रहेको बताए । कार्यक्रमका बिशिष्ट अतिथी तथा सुदूरपश्चिम विश्व विधालयका सह प्राध्यापक डा. यज्ञराज पाण्डेयले अपाङगता अधिकार ऐनमा यातायातमा ५० प्रतिशत छुट दिनुपर्ने उल्लेख गरिए पनि अहिले सम्म व्यवहारमा भने लागु हुन नसकेको बताए ।
साथै शिक्षामा पनि विधालय अपाङग मैत्री नहुनु, पाठ्क्रम अपाङग मैत्री नहुनु, शिक्षकहरुको पनि मानसिकतामा परिवर्तन नभएको अवस्थामा अहिले पनि अपाङगता भएका व्यक्तीहरुले सास्ती खेप्नु परेको बताए । यसैगरी स्वास्थ्य क्षेत्रमा पनि अपाङगता अधिकार ऐनमा २५ बेड रहेको जुनसुकै अस्पतालमा २ बेड अपाङग भएका व्यक्तीहरुको लागि छुट्याईनु पर्नै व्यवस्था भएपनि व्यवहार अहिले सम्म लागु नभएको उनले औँलाए । शिक्षा, स्वास्थ्य, रोजगारी, आयआर्जन, पुर्नस्थापना,सहभागिता, तथा परिचय पत्र भत्तामा पनि अहिले अपाङगता भएकाहरुलाई आफनो अधिकारको लागि लडनु पर्ने अवस्था रहेको सुदूरपश्चिम विश्व विधालयका सह प्राध्यापक डा. पाण्डेयले बताए ।
देशैभरमा ७४ हजार अपाङ भएका बिधार्थीहरु अध्ययन गरिरहेका छन् भने, ३३ वटा बिशेष विधालय र २३ वटा एकिकृत विधालय रहेको उनले जानकारी दिए । साथै यस्ता विषयमा जनवकालत आवस्यक रहेको र सुरुवात आफनै परिवारबाट हुनु पर्ने उनले जोड दिए । साथै स्थानिय तहले पनि यो विषयमा विशेष ध्यान दिएर अपाङगता भएकाहरुलाई साथ सहयोग गरी उनिहरुको अधिकार प्रदान गर्नु पर्ने बताए ।
यस्तै कार्यक्तमका बिशिष्ट अतिथी तथा सुदूरपश्चिम अपाङग महासंघ नेपालका निवर्तमान अध्यक्ष उपेन्द्र खडायतले अपाङगता भएका व्यक्तीको अधिकार सम्बन्धी ऐन २०७४को बारेमा जानकारी प्रदान गरेका थिए । पछिल्लो समयमा अपाङगताको परिभाषलाई पनि संसोधन गरिनुपर्ने आवाज उठिरहेको उनले बताए ।
अपाङगता भएका व्यक्तीहरुको हितमा रहने गरी समान ऐन निर्माण गरिनु पर्ने र सबै अपाङग भएकाहरुले राज्यको सेवा सुविधामा पहुँच हुनु पर्ने उनले बताए । उक्त कार्यक्रमको सभापतीमा सुदूरपश्चिम समावेशी अपाङग संघका कोषध्यक्ष पार्वती कुमारी विष्ट रहेकी थिईन भने, उक्त कार्यक्रमा भीमदत्त, वेदकोट, शुक्लाफाँटा, र दोधारचाँदनी नगरपालिका, ३५ जना अपाङगता भएका व्यक्तीहरुको उपश्थिती रहेको थियो ।
Comments are closed.