हार्डवयर तथा निर्माण सामग्री व्यावसायी संघ कञ्चनपुरले उधारोमा सामान बिक्री नगर्ने

महेन्द्रनगर । हार्डवयर तथा निर्माण सामग्री व्यावसायी संघ कञ्चनपुरले उधारोमा सामान बिक्री नगर्ने जनाएको छ । निर्माण सामग्री कम्पनीहरुले अग्रिम भुक्तानी तथा नगदमा मात्र सामान बिक्री गर्ने गरेकाले आफुहरुले उधारोमा सामग्री विक्रि वितरण गर्दा घाटा भएको र धेरै हार्डवयरहरु बन्द भएर पलायन सम्म भएको अवस्थामा यो निर्णय गरिएको हार्डवयर तथा निर्माण सामग्री व्यावसायी संघ कञ्चनपुरका अध्यक्ष देवराज मिश्रले जानकारी दिएका छन् ।

व्यावसायीहरुलाई पटक पटक सचेत गराँउदा पनि आफनो पेशाबाट पलायन हुने अवस्थामा पनि कारोवार गरेको अनुभवले पनि अब उपरान्त व्यापार व्यावसाय गर्दा अस्वस्थ्य प्रतिश्पर्धा नगरीकन कम्तीमा पनि केही प्रतिशत मुनाफा राखी बिक्री गर्न हुन र नगदीमा मात्रै कारोवार गरी सुरक्षित रहन उनले आग्रह गरेका छन् ।

आर्थिक मन्दी यो विकाराल अवस्थामा बैंकहरुको ताकेता खप्न नसकेर आफनो पेशाबाट पलायन भएको धेरै दुष्टान्त भएको अवस्थामा अन्य व्यावसायीहरुको भविश्य माथी खेलवाड नगरी मुनाफा सहितको कारोवार गर्न उनले अनुरोध गरेका छन् ।

सम्बन्धित

Comments are closed.