महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १७ मझगाँउमा रहेको श्री महाकाली बाल विधालयले आफनो ३१ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा स्थानिय जनकराज जोशी र गणेश जोशीले १ लाख १ रुपैँयाको अक्षयकोष स्थापना गरेका छन् स्वर्गीय बुवा र आमाको नामबाट उक्त अक्षयकोषको स्थापन गरेको छोरा जनकराज जोशीले बताएका छन् ।
उक्त अक्षयकोषबाट आउने व्याजको रकमले कक्षा १ देखीै १० सम्म पहिलो हुने जेहेन्दार मेहेनती छात्रछात्राहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिने जोशीले बताए । उक्त कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्य बहादुरसिंह थापाले शैक्षिक क्षेत्रलाई अझ बढी गुणस्तरिय बनाउनका लागी स्थानिय अभिभावकहरुको र बिधालयमा रहेको शिक्षकहरुको अहम भुमिका रहने बताए । साथै उक्त विधालयमा आवस्यक पर्ने भौतिक संरचनाहरुको विषयमा आफुले थप पहल गरी नमुना विधालयको रुपमा चिनाउन सबैले हातोमालो गर्नुपर्ने बताए ।
विधालयमा प्रथम भएका छात्रछात्राहरुलाई पुरुस्कार, बिधार्थीहरुबाट साँस्कृतिक कार्यक्रमको प्रस्तुती गरिएको थियो भने, बिधालयको भौतिक विकासमा सहयोग गर्ने अभिभावकहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रमको सभापतिमा विधालय व्यवस्थापन समितीका अध्यक्ष यज्ञराज चटौतको रहेका थिए भने, विशिष्ट अतिथीमा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा रहेका थिए ।