महेन्द्रनगर । कैलाली कटुवा पेस्तोल र गोली बरामद गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ जमलपुर बस्ने २८ वर्षीय विजय कठरियाको घरबाट कटुवा पेस्तोल १ थान र गोली १ राउण्ड बरामद गरिएको हो । तर उनी अहिले फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
शनिवार बिहान प्रहरीले उनको घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुखड र सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले घर तलासी गर्दा भान्सा कोठाको बाहिर दिवालमा कपडाले बेरेर लुकाई छिपाई राखेको उक्त पेस्तोल र गोली फेला पारी बरामद गरेको हो ।
हाल फरार कठरियाको खोजी थालेको प्रहरीले बताएको छ । साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Comments are closed.