गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा विकास गरिने

महेन्द्रनगर । कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गरिने भएको छ । आज गेटा मेडिकल कलेजका बारेमा सुदूरपश्चिम क्षेत्रका सरोकारवालसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताए ।

यससम्बन्धी थप घोषणा प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार सुदूरपश्चिमको कैलाली र कञ्चनपुर भ्रमणका अवसरमा गर्नेछन् । छलफलमा सुदूरपश्चिम क्षेत्रका पूर्व तथा वहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ र नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिव सहभागी थिए ।

सम्बन्धित

Comments are closed.