महेन्द्रनगर । कैलालीमा सालको ९ थान गोलिया सहित ट्याक्टर बरामद गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा नंं. ४ मा रहेको जनकपुर गाउँबाट सालको गोलिया ६१.३४ क्युफिट काठ सहित ट्याक्टर बरामद गरिएको हो । सब डिभिजन वन कार्यालय सुखडबाट गएको गस्ती टोलीले विशेष सुराकीको आधारमा से १त ५०७५नम्बरको ट्याक्टरमा ल्याउँदै गरेको अवस्थामा ढुङ्गामा लुकाएर ल्याउँदै गरेको अवस्थामा काठ र ट्याक्टर बरामद गरेको प्रमुख सोमलाल घलानले जानकारी दिए ।
सामुदायिक बनका पदाधिकारीहरूले पिछा गरे पछि मान्छे समातिने डरले ट्याक्टर छोडेर भागेको हुन सक्ने समूहका सदस्य राम बहादुर चौधरीले बताए । बरामद गरिएको काठ कसको र कहाँ लगिँदै थियो घटना को अनुसन्धान गरी कानुनी पक्रियामा आइतबार लैजाने भन्दै सो बरामद गरिएको काठ र ट्याक्टर सब डिभिजन बन कार्यालय सुखड मा राखिएको छ ।
भने चालकलाई थप अनुसन्धान र कारबाहीका लागि चालकलाई नियन्त्रणमा लिई बन ऐन २०७६ अनुसार कारबाही गरिने समेत घलानले बताए ।
Comments are closed.