प्रधानमन्त्री प्रचण्ड : सुख्खा बन्दरगाहले सुदूरपश्चिममा विकासको ढोका खोल्ने छ

महेन्द्रनगर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमवार सुदूरपश्चिमको कञ्चनपुर कैलालीमा रहेका गौरबका योजनाको निररिक्षण गरेका छन् । कञ्चनपुरको दोधारा चाँदनीमा बन्ने सुख्खा बन्दरगाह निमार्णपछि सुदूरपश्चिममा विकासको साथै समृद्धि तथा आर्थिकरुपमा अगाढी बढने र अन्य सम्भाव्यताको पनि ढोका खुल्ने बताएका छन् ।

सोमबार महेन्द्रनगर स्थित दोधारा चाँदनीको सुख्खा बन्दरगाहको निरिक्षणमा पुगेका प्रधानमन्त्रीले सुख्खा बन्दरगाह सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । प्रधानमन्त्री प्रचण्डले महाकाली नदीमा बनेको पक्की पुलको समेत निरिक्षण गरेका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सुख्खा बन्दरगाहलाई त्रिदेशीय नाकाकै रुपमा विकास गर्ने बताए । स्थलगत अनुगमन गर्दै प्रधानमन्त्री दाहालले सुख्खा बन्दरगाहलाई उत्तरमा चिन र दक्षिण भारतसंग जोड्ने जिकिर गरे , ‘सरकारले सुक्का बन्दरगाह प्राथमिकताका साथ निर्माण गर्छ, ‘प्रधानमन्त्री दाहालले भने, ‘भारत सरकारसंग एमओयू गरेर अघि बढाउँछौँ ।’

सुख्खा बन्दहगाह निर्माण भएसंगै यस क्षेत्र मात्र नभई सुदूरपश्चिम प्रदेश र समग्र देशकै आर्थिक विकास हुने जिकिर गरे ‘मेरै पालामा सुक्का बन्दरगाहको शुरुवात भएको हो, ‘प्रधानमन्त्री प्रचण्डले भने, ‘अब एउटा सपना पुरा हुन्छ ।’ प्रधानमन्त्री प्रचण्डले निर्माणाधिन महाकाली पुलको समेत अनुगमन गर्दै पुल निर्माण कार्य अघि बढाउन निर्देशन दिए । ‘पुलसंगै बाँध निर्माणको समेत महत्वपूर्ण आवश्यकता छ, ‘प्रचण्डले भने, ‘त्यसका लागि सरकारले गर्ने कार्य अघि बढाउँछ ।’

यस्तै, प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले १४ औं सुदुरपश्चिम प्रदेश स्तरिय औद्योगिक ब्यपार मेला तथा कंचनपुर पर्यटन महोत्सव २०७९ को उदघाटन पनि गरेका छन् । पानसमा दिप प्रज्वलन गरेर उनले महोत्सवको उदघाटन गरेका छन् । आफ्नो कार्यकाल मा सुदुर पश्चिमलाई सुन्दर पश्चिम् बनाउन आफू लागि परेको बताउदै प्रधानमन्त्री प्रचण्डले पहिलो पटक आफू प्रधानमन्त्री भएको बेला आफुले बोलेको कुराहरु पूरा भएको जिकिर गरे, अहिले महाकाली करिरोड, कैलालीको हरैया बिशेष आर्थिक क्षेत्र, दैजी छेलामा सुख्खा बन्दरगाह बनाउन आफुले भरत भ्रमण मार्फत पहल गरेर काम गराएको समेत उहाँले बताए ।

आसन्न भारत भ्रमणमा पनि सुदुर पश्चिमका कयौं योजनाहरु बिकासका लागि आफुले पहल गर्ने बताउदै चीन र भारत जोड्ने सडक निर्माण, गौरीफन्टा नाकाको स्तोरन्ती, खप्तड, रामारोसनको बिकास लगायत चमेलिया, पश्चिम सेति जल बिद्धुत आयोजना निर्माणका लागि अफुले निर्णायक काम गरेको दाबी गरे । उता प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन पनि गरेका छन् । आइतबार मन्त्रिपरिषद्को बैठकले प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।

त्यसलगत्तै प्रधानमन्त्री दाहाल सो विश्वविद्यालयको पछिल्लो अवस्थाको निरीक्षणका लागि कैलाली पुगेका हुन् । दाहालसंगै निरीक्षणमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, मुख्य सचिव शंकरदाश बैरागी लगायत थिए ।

सम्बन्धित

Comments are closed.