डडेल्धुरामा महिलाको भीरबाट लडेर मृत्यु

महेन्द्रनगर । डडेल्धुराको परशुराम नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । परशुराम नगरपालिका–५ परिगाउँकी २६ वर्षीया डम्बरीदेवी धामीको घाँस काटने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । मंगलबार बिहान घाँस काट्ने क्रममा गड्बड्यानी भीरबाट लडेर धामीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक निरीक्षक गंगादत्त बडूले बताए । उनका अनुसार धामी भीरबाट करिब एक सय मिटर तल खसेकी थिइन् । धामी गाउँका अन्य महिलासँगै घाँस काट्न गएकी थिइन् ।

सम्बन्धित

Comments are closed.