दुर्गम क्षेत्रमा सडक सञ्जाल बिस्तारको कामले तीव्रता

बैतडीमा रहेका स्थानीय तहहरूका दुर्गम क्षेत्रमा सडक सञ्जाल बिस्तारको कामले तीव्रता पाएको छ । बैतडीको मेलौली नगरपालिका वडा नम्बर १ को दुर्गम जर्कु टोलमा बुधबार सडक पुगेपछि स्थानीय खुसी भएका छन् ।

सडक निर्माण भएर गाउँमा पहिलो पटक गाडी पुग्दा स्थानीय हर्षित भएका हुन् । नगरपालिका तथा वडा कार्यालयको ८० लाख ८० हजारको लगानिमा जर्कु टोलमा सडक पुर्याइएको मेलौली नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुरतसिंह नेगीले जानकारी दिनु भयो ।

उहाले स्थानीयको चाहना अनुसार गाउँमा सडक र्पुयाइएको बताउनु भयो । गाउँमा सडक पुगेपछि जर्कु टोल र नङरौं टोलका स्थानीय लाभान्वित भएका स्थानीय लक्ष्मण पार्कीले जानकारी दिनु भयो ।

गाउँमा सडक पुगेसँगै सामग्री ढुवानी गर्न र यातायात समेत सहज हुने उहाले बताउनु भयो । यस्तै बिरामीलाई समेत समयमै स्वास्थ्य संस्थामा र्पुयाउन सजिलो हुने स्थानीयको भनाई छ । मेलौली नगरपालिकाको दुर्गम गाउँको रुपमा रहेको जर्कु टोलमा सडक र्पुयाउने प्रतिबद्धता गरेकाले सोही प्रतिबद्धता अनुरुप नगरपालिकाले सडक निर्माण गरेको नगरप्रमुख कृष्णसिंह नायकले बताउनु भयो ।

गाउँमा सडक पुगेपछि विकासका अन्य पूर्वाधार निर्माण समेत सहज हुने बताउदै नरग प्रमुख नायकले गाउँमा सडक पुगेसँगै वडा नं १ का बासिन्दालाई नगरपालिकाको केन्द्र पुग्न पनि सजिलो हुने बताउनु भयो । मेलौली नगरपालिकाका ८ ओटा वडामा सडकको पहुँच पुगेको छ । वडा नं ४ बाहेकका सबै वडामा सडक पुगिसकेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको नगर उपप्रमुख राधा ओझाले बताउनु भयो । सडक पुग्न बाँकी वडामा पनि सडक र्पुयाउने काम जारी रहेको बताउदै उहाले सडक विकासको मेरुदण्ड भएकोले सडक बिस्तारमा जोड दिइएको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.