कञ्चनपुरको कृष्णपुरबाट अवैध काठ बरामद

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिमा अवैध काठ बरामद गरिएको छ । सव–डिभिजन वन कार्यालय वाँणी, सव–डिभिजन वन कार्यालय देखतभुली र अस्थायी प्रहरी पोष्ट वाणीबाट खटिएको संयुक्त टोलीले अवैध काठ बरामद गरेको हो ।

कृष्णपुर नगरपालिका–३ देखतभुलीका बिकासी रानाको घरबाट १० फिट ३ ईन्च गोलाई भएको एक थान सालको गोलिया, ७ फिट २ ईन्च लम्बाई ८९ ईन्च गोलाई भएको सालको सालको एक थान गोलिया र लम्बाई ७ दशमलव २ फिट, चौडाई १७ ईन्च, गोलाई १५ ईन्च भएको सिल्ली सालको एक थान गरी ३९ दशमलव ३० क्यूफिट काठ बरामद गरिएको छ ।

त्यस्तै रामा रानाको घरबाट लम्बाई ६ फिट, गोलाई १० ईन्च र मोटाई ४ ईन्च भएको सिल्ली सालको तीन थान गरी ५१ दशमलव १८ क्यूफिट अवैध काठ बरामद गरिएको हो । दुबै स्थानबाट गरी ९० दशमलव ४८ क्यूफिट अवैध काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित

Comments are closed.