महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाको न्यायिक समितिको गतिविधीको बारेमा जिल्ला अदालत कञ्चनपुरका जिल्ला न्यायधिस धुव्रकुमार शाहले अनुगमन गरेका छन् । शुक्रवार जिल्ला न्यायधिस सहितको टोलीले वेदकोट नगरपालिकामा रहेको न्यायिक समितिले गरेका न्याय सम्पादन कार्यको अनुगमन गरेको हो ।
जिल्ला अदालतले प्रत्येक वर्ष स्थानिय तहमा रहेका न्यायिक समितिले गरेका न्याय सम्पादन कार्यको अनुगमन गर्दै आउने र सो अनुरुप आज वेदकोट नगरपालिकाको न्यायिक समितिले गरेको न्याय सम्पादन प्रक्रिया पद्धतीको बारेमा र मुद्धाको अवस्था के कस्तो रहेको छ भन्ने तथ्याङकको पनि जिल्ला न्याधिसले अनुगमन तथा जानकारी लिएको वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले जानकारी दिएकी छन् ।
र कार्यक्रममा उपप्रमुख जोशीले पालिकामा रहेका मुद्धाको अवस्था, न्यायको क्षेत्रमा गरेको कार्यको विवरण तथा पालिकामा रहेका बिभिन्न मुद्धाहरुको बारेमा जानकारी प्रदान गरेकी थिईन् । साथै विगतमा पालिकामा मेलमिलाप केन्द्रहरु नरहेको अवस्थामा विवादहरु प्नि सुल्झाउन मेलमिलाप कक्षको अभाव रहेकोमा अहिले मेलमिलाप कक्षको निर्माण गरिए पछि सेवा दिन सेवाग्राहीलाई सहजता भएको उपप्रमुख जोशीले बताईन् ।
अब प्रत्येक वडामा ६ वटा मेलमिलापकर्ता को छनौट गरी वडा स्तरको मेलमिलाप केन्द्र गठन गर्ने, र वडामा हुँदै आएका सानातिना विवादहरुलाई वडा स्तरबाट नै न्याय सम्पादन गरिने जिला न्यायधिसलाई जानकारी प्रदान गरिएको उनले बताईन् । उक्त कार्यक्रममा नगर प्रमुख भोजरान बोहरा,न्यायिक समितिका सदस्यहरु,र कार्यपालिका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।
Comments are closed.