महेन्द्रनगर । डडेल्धुराका समाजसेवी युवा मनका ढुकढुकी विनयप्रकाश मल्लले शिवालय क्षेत्र विकास समितिलाई आर्थिक सहयोग गरेका छन् । मल्लले स्थानीय नरेन्द्रबहादुर कठायतमार्फत् अमरगढी गरपालिका–४ मा स्थित शिवालय क्षेत्र विकास समितिलाई ११ हजार ११९ रुयैयाँ सहयोग गरेका हुन् । मल्लको जन्म ठाँउ पनि तल्लो खलंगा रहेको र उक्त मन्दिर पनि त्यही ठाँउमा रहेको छ ।
पुरातात्वीक, पुराना मठमन्दिरहरुलाई जेगर्ना गर्नूपर्ने भन्दै मल्लले डडेल्धुराका बिभिन्न मन्दिरहरुमा पनि आर्थिक सहयोग गर्दै आएका छन् । शिवालय क्षेत्र विकास समितिका अध्यक्ष गोरख बोगटी र सचिव जयराज पनेरुलाई भेटेर शिवलय मन्दिरमै सो सहयोग रकम कठायतले हस्तान्तरण गरेका हुन् ।
महाशिवरात्रिमा भक्तजनहरूलाई चियापानको व्यवस्थापन गर्नका लागि उक्त रकम खर्च गरिने अध्यक्ष बोगटीले बताए । आफनो सानैदेखी बस्दै आएको उक्त क्षेत्रमा रहेको शिवालय मन्दिरमा सहयोग गर्न पाउँदा मल्लले खुशी व्यक्त गरेका छन साथै उक्त क्षेत्रका सम्पुर्ण स्थानियलाई सदैव रक्षा गर्न उनले शिवालयसँग प्रार्थना गरेका छन् । मल्लले यो क्षेत्रमा धेरै नै सहयोग गरेको र यस्तो सहयोग स्थानिय तहले पनि गर्न नसकेको उनले बताए ।
लामो समयदेखि जापानमा रहेका मल्लले डडेल्धुराका विभिन्न क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगार, तथा बिधार्थीहरुलाई सहयोग गर्दै आइरहेका छन् ।