महेन्द्रनगर । कञ्चनपुरमा कवाड व्यवसायीहरुले कवाड व्यवयायमा भईरहेको ज्यादतीलाई रोकि समस्याको समाधान गरी पाँउ भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सोमवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गोपालप्रशाद अर्याललाई ४ जना कवाड व्यावसायीहरुले पुरानो फलामहरु किनेर बेच्दा १३ प्रतिशत भ्याट तिरी रहेको अवस्थामा स्थानिय करको समिति दायरा भित्र रहेर गाँउपालिका वा नगरपालिकाहरुमा २ देखी १० रुपैँया सम्म प्रति किलो फलामको दररेट राखेर ठेक्का लिने गरेको प्रती आफुहरुको घोेर विरोध रहेको चौलानी कवाड पसल एण्ड सप्लायर्सका संचालक प्रेमसिंह कार्कीले बताए ।
पहिले जबसम्म हामी नेपालीहरुले कवाडको व्यापार सुरुवात गरेका थिएनौ यसरी कवाडको ठेक्का बढाबढ थिएन् उनले भने, ‘अहिले हामी नेपाली कवाड िव्यवसायीहरु क्वाडको ठेक्का लिन थाल्यौ केही नेपाल िकवाडी व्यवसायीहरुले आफुहरुलाई यो पेशाबाट पलायन गराउनको लागि अबैधानिक रुपमा भारतिय कवाडीहरुलाई ल्याएर कममा ठेक्का हाली सुदूरपश्चिमभरी आफनो कालोबजारीको राज गरेका छन्’ ।
आफुहरुले पहाडका जिल्लाबाट कवाड संकलन गरेर तराईमा ल्याएर राख्दा उता पनि कर तिर्नुपर्ने र यता ल्याएर राख्दा पनि यताको पालिकामा पनि कर तिर्नुपर्ने समस्याले आजित भएको हुँदा यस्तो नियम बन्द गरिदिन र आफनै देशमा काम गरी खाने व्यवस्था जिल्ला प्रशासनले गरिदिनको लागि आज यो ज्ञापनपत्र बुझाएको उनले बताए ।
नेपाली फर्ममा भारतिय कवाड व्यवसायीहरुलाई परिचालन गरी ठेक्का गर्ने, दोहोरो कर तिर्ने नियम लगायतको विरुद्धमा आफुहरुले यो कदम चालेको श्री सैपाल ट्रडर्स एण्ड सप्लायर्सका संचालक कवाड व्यवसायी नरबहादुर बोहराले बताए । आफुले ऋण निकालेर यो व्यवसायको सुरुवात गरे पहिला भारतमा रहँदा धेरै दुख पाए आफनै ठाँउमा काम गर्नुपर्छ भनेर भारतबाट आएर कामको थालनी गरे तर यहाँ पनि काम गर्ने वातावरण नहुँदा दुखी भएको कृष्णपुर नगरपालिकाका १ का श्री केदार कवाड पसलका संचालक जयबहादुर बोहराले बताए ।
एक प्रदेशमा कवाडको दररेट पनि एक हुनुपर्ने र भारतबाट आएका कवाड संकलहरुले गर्दा आफुहरु मारमा पेरको र ठेक्का प्रणाली पनि धाँधली गर्ने गरेकोले कैलालीका ६ जना भारतिय व्यापारीहरुले अबैधानिक कार्य गरको हुनाले सबैलाई कारवाही हुनुपर्ने उनले बताए । आफुहरुले आफनै देशमा रहेर बवाड संकलकको काम पनि निर्धक्क गर्न नसक्ने वातावरण भएपछि आफुहरुले कता जाने ? भन्दै उनिहरुले प्रश्न गरेका छन् ।
Comments are closed.