महेन्द्रनगर । कञ्चनपुरको लालझाडी वन क्षेत्रबाट काठ तस्करी गरिरहेको अवस्थामा एक तस्कर सहित काठ र मोटरसाईकल बरामद गरिएको छ । लालझाडी राष्ट्रिय वनबाट काठ तस्करी गरिरहेको अवस्थामा वनको टोलीले काठ तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको हो ।
सव डिभिजन वन कार्यालय लालझाडीका प्रमुख हरि नारायण यादवले मोटरसाईकलमा काठ तस्करी गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरिएको बताए । उनका अनुसार काठ तस्करीमा पुनर्वास नगरपालिका २का विसाल तामाङ्गलाई पक्राउ गरिएको छ । उनका अनुसार तामाङ्ग सहित पाँच जनाले मोटरसाईकलमा काठ तस्करी गरिहरका थिए । वनको टोली देख्नासाथ अरु चार जना भागेको र तामाङ्गलाई मात्रै पक्राउ गर्न सकिएको बताए । पाँच गोलिया २८क्युफिट काठ सहित पाँच मोटरसाईकल बरामद गरिएको छ ।
से ४ प ५२०५, से ५ प४७१९,से े६ प ७८९१, सुपप्र १११८ र सुपप्र ०१–०१०प ४११० नम्बरको मोटरसाईकल बरामद गरिएको छ । अन्य चार जना फारर भएकाहरुको समेत खोजि भईरहेको उनले बताए । काठ तस्करमाथि वनले सकृयता बढाएसंगै बन्य बाँकी तस्करीमा संलग्न व्यक्ति समेत नियत्रण गरिने वनले जनाएको छ । तस्करीमा संलग्नमाथि कार्बाही गरिने वनले जनाएको छ ।
Comments are closed.