महेन्द्रनगर । कञ्चनपुरमा नयाँ एसपी र डिएसपीको आगमन भएको छ । एसपीमा कमल थापा र डिएसपीमा प्रकाश डाँगी आएका हुन् । एसपी थापाले सिआईबीमा साढे ४ वर्ष काम गरेको अनुभव रहेको र यो जिल्लामा शान्ती अमनचयन कायम गर्न सदैव तत्पर रही कार्य गर्ने बताए ।
पत्रकारहरुले जिल्लामा सिमानाकाबाट हुने अपराध, लागुऔषधको कारोवार, जनता र प्रहरी बिचको सुमधुर सम्बन्ध लगायतको विषयमा सुधार्नुपर्ने विषयमा प्रहरीले काम गर्नुपर्ने जानकारी गराएका थिए । उनले जिल्लामा बढी देखिएको लागुऔषधको समस्यालाई सबैको साथ र सहयोगले कमी गर्न र सिमानाकामा बढने अपराधलाई न्युनिकरण गर्न आफनो संगठनले काम गर्ने बताए ।
आफुले सबै समस्यालाई आफनै समस्याको रुपमा हेरेर काम गर्ने गरेको भएकाले जिल्लामा रहेको लागुऔषधको समस्यालाई जनाचेतना मुलक कार्यक्रम गर्ने बिभिन्न संघसंस्थहरुको समन्वय तथा पालिका विधालय तथा संचार माध्यमसँग रहेर काम गर्ने योजना बनाउने उनले बताए ।
अहिले लागुऔषध प्रयोगकर्ता र व्यापारीहरुलाई पक्राउ मात्रै गरेर प्रहरीले काम देखाउन नखोजेको र पक्राउ पर्ने दरलाई पनि कमी गराउन सके समाज तथा देशमा पनि शान्ती सुरक्षा कायम गर्न सकिने उनले बताए । जिल्लामा शान्ती सुरक्षालाई चुस्तदुरुस्त राख्न सबै तह र तप्काको साथ र सहयोगको अपेक्षा लिएको उनले बताए ।कानुनी राज्यको मुल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धानद्धारा समाजमा शान्ती स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रतिवद्ध रहेर कार्य गर्ने बताए ।
Comments are closed.