वेदकोट २ मा रहेको वैजनाथ माविमा सरोकारवालाको चरम लापरवाहीले भवन निर्माण अलपत्र

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका २ मा रहेको वैजनाथ माध्यमिक बिद्यालय जडेपानीमा शैक्षिक भवन निर्माणको कार्य अलपत्र परेको छ । उक्त भवन ईस्टिमेट अनुसार निर्माण नभएको र भवनका पिल्लरहरु पनि नापजाँच विनै बनाईएको पाईएको हो ।

नमुना विकास कार्यक्रम अन्तर्गत संघिय सरकारबाट आएको अनुदानमा बन्दै गरेको भवनको पिल्लर, जगमा पनि त्रुटी देखिएपछि त्यसलाई भत्काएर पुनः निर्माण गरिनु पर्ने वैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक थिरेन्द्र चन्द्र भट्टले स्वीकार गरेका छन् । ‘वर्षातमा निर्माण कार्य गरिएको भएर पानी परेको बेलामा जमिन पनि गिलो भएको थियो त्यो बेलामा निर्माण गर्दा केही त्रुटी भएको हो’ । उनले भने, ‘त्यो बेलामा काम गर्दा त्रुटी भएको हो अब यसलाई भत्काएर फेरी निर्माण कम्पनीले बनाउने छ’ ।

उनले यो भवन निर्माण कम्पनीको जिम्मा पाएको दोगडा केदार भुमिराज कन्ट्रक्सनले समयमा काम नगरिदिँदा यो भवन बन्न नसकेको उनले बताए । अनुदानमा आएको २ करोड रकममा ४० प्रतिशत कममा ठेक्का पाएको र बाँकी रहेको रकमले विद्यालयमा उपभोक्ता समिति मार्फत घेरपर्खाल हालेको उनले बताए । एउटै समयमा प्रदेश सरकारले दिएको रकमबाट अर्काे भवनमा काम सम्पन्न हुने चरणमा रहेको भएपनि यो भवन समयमा सम्पन्न नहुनुमा अनियमितता रहेको स्थानियको गुनासो रहेको छ ।

उक्त विद्यालयमा विधार्थीहरुको चाप पनि धेरै रहेको अवस्थामा भवन निर्माण नहुँदा बिधार्थीहरुलाई पठनपाठनमा समस्या भएको छ । यो भवन निर्माणमा वेदकोट नगरपालिकाको प्राविधिक सहयोग रहेको भएपनि पालिकाबाट आउने प्रविधिकहरुको पनि गम्भिर लापरवाही रहेको स्थानियहरुले बताएका छन् । निर्माण हुने वेलामा यदी समयसमयमा अनुगमन गरिदिएको भए यो भवनमा त्रुटी नहुने स्थानियले बताएका छन् ।

वडा नमवर २ का वडा अध्यक्ष तथा शिक्षा समिति सदस्य नरेशबहादुर सिंहले आफुले यो विषयमा बारम्बार तोकता गर्दा पनि काम अगाढी बढन नसकेको बताएका छन् । यो विषयमा विद्यालयमा भएका बिभिन्न बैठकमा पनि कुरा उठाएको र त्रुटि भएको विषयलाई स्वीकार गरेका छन् । यता, वेदकोट नगरपालिकाका ईन्जिनियर सतिश शाहीले २०७८ बैशाख २८ मा सम्झौता भएको र उक्त भवन निर्माण गर्दा पिल्लरहरुको चौडाईमा कमी रहेको त्रुटी भेट्टिएको बताएका छन् ।

शाहीले उक्त विद्यालयमा पालिकाको तर्फबाट प्राविधीक सहयोग गर्दै आएका थिए । उनले पनि दलदल रहेको जमिनमा भवन निर्माण गर्दा केही समस्या भएकाले पिल्लरहरुमा समस्या भएको हुन सक्ने बताए । तर स्थानियहरुले अनुदानमा आएको रकमको दुरुपयोग भएको आशंका गरेका छन् । साथै उक्त भवन निर्माणमा भएको चरम लापरवाहीको सत्यतथ्य छानविनको माग पनि गरेका छन् ।

यता, विधालय व्यवस्थापन समितीका अध्यक्ष एवम नेकपा एमालेका केन्द्रिय सदस्य तथा संबिधान सभा सदस्य कृपाराम रानाले यो विद्यालय भवन निर्माणमा ढिलाई भएको र निर्माण गर्दा त्रुटि भएको स्विकार गरेका छन् । यो विषयमा सम्बन्धित सम्पुर्णलाई जानकारी गराई यथासिघ्र काम संचालन गर्न र प्रविधिकरुपमा भएको त्रुटीलाई सच्चाएर मात्रै भुक्तानी दिन र भवनलाई चाँडो निर्माण गर्न दवाव दिएको बताए । यता निर्माण कम्पनीका संचालक भुवनेश भट्टले विद्यालयले आफुसँग गरेको सम्झौता अनुरुप निर्माण गर्न समयमा भुक्तानी नदिएपछि निर्माण कार्यमा ढिलाई भएको बताएका छन् ।

आफनो नाममा रहेको दोगडा केदार भुमिराज कन्ट्रक्सनबाट पेटी ठेकेदार लोकेन्द्र विष्टले कामको थालनी गरेको र बिचमा काम अलपत्र छोडेर भागेर गएको भएर अहिले आफुले जिम्मा लिएर काम गर्ने उनले बताए । कामलाई थालनी गर्न विभागिय प्रविधिकलाई समन्वयको लगि पालिकाबाट पत्र तयार पारी कार्य थालनीमा लागेको बताएका छन् । निर्माण कम्पनीका संचालक भट्टका अनुसार विद्यालय व्यवस्थापन समितिले पेटी ठेकेदार लोकेन्द्र विष्टलाई ठेक्काको ४० प्रतिशत कम रकमबाट विद्यालयको घेरपर्खालको काम दिएको र भवन निर्माण अलपत्र पारेको बताएका छन् ।

यस्तो शिक्षा जस्तो जनतासँग प्रत्यक्षरुपमा सरोकार राख्ने विषयमा जनसरोकारवालाहरुको गैर जिम्मेवारी देखिएको स्थानिय सामाजिक बुद्धिजिवीहरुको भनाई रहेको छ । समयमा निर्माण गरिनु पर्ने विद्यालयको भवनमा चरम लापरवाही गर्न नहुने उनिहरुले औँलाएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.