बाल जागृती माबिको ३२ औ वार्षिकोत्सव सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका ७ मा रहेको बाल जागृती माध्यामीक बिद्यालयले आफनो ३२ औ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताको साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथीमा रहेका वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले संस्थागत तथा सामुदायिक बिद्यालयमा शैक्षिक एकरुपता ल्याउनको लागी राज्य, बिद्यालय, अभिभावक र समुदायको महत्वपुर्ण भुमिका रहने भएकाले सम्बन्धित सबै सरकोकारवालले इमान्दारिता पूर्वक आफनो भुमिका निर्वाह गर्नुपर्ने बताईन् ।

बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि र बिद्यालयबाट प्रदान गरिने गुणस्तरिय शिक्षामा सबै सरकोकारवाला पक्षले समान रुपले आफनो भुमिका निर्वाह गर्न सके मात्रै हामी सामाजिक रपान्तरण गर्न सकिने जिकिर गरिन् । साथै वर्तमान पछिल्लो समयमा छात्रछात्रा तथा युवाहरु कुलतमा फस्दै गएको अवस्थामा बिद्यालयले पनि यो विषयलाई गम्भिरताका साथ लिनुपर्ने र बिद्यालयमा पनि अध्ययन र बिभिन्न कार्यक्रम गरी अभिभावक, शिक्षकहरुले आफनो बालबालिकाहरुलाई उचच निगरानीमा राख्नु पर्ने बताईन् । अहिलेको परिवेशमा हामीले आफना बालबालिकालाई नैतिक शिक्षा तथा ईमान्दारिताका विषयमा पनि जानकारी प्रदान गर्नुपर्ने अवस्था आएको महशुस गरेको बताए ।

यो पालिकामा रहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न पालिकाको तर्फबाट आफुले पाएको जिम्मेवारी ईमान्दारी र समानताका साथमा भुमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेरी गरेका छन् । साथै उक्त कार्यक्रममा अभिभावकहरुले पनि शैक्षक गुणस्तरलाई कसरी बढाउन सकिन्छ र बिधार्थीहरुलाई कसरी नैतिकवान बनाउन सकिन्छ भन्ने विषयमा आफनो धारण राखेका थिए ।

कार्यक्रममा बिद्यालयमा बिभिन्न बिधामा प्रथम द्धितिय तथा तृतिय बिधार्थीहरुलाई नगद सहित प्रमाणपत्र मेडल प्रदान गरिएको थियो । साथै प्रमुख अतिथी, बिशिष्ट व्यक्तित्वहरुलाई बिद्यालयले मायाको चिनो प्रदान गरेको थियो, बिधार्थीहरुले बिभिन्न साँस्कृतिक कार्यक्रम, झाँकी, जनचेतनामुलक नाटक,गित गजल कबिताहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सभापतिमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनेश्वरी चन्द रहेका थिइ भने, बिद्यालयको वार्षिक प्रगती प्रतिवेदन प्रिन्सीपल प्रेमबहादुर चन्दले प्रस्तुत गरेका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.