बैतडीका युवा चौलानी नदीमा मृत फेला

महेन्द्रनगर । बैतडीमा साथीहरुसँग वनभोज गएका युवा मृत फेला परेका छन् । दशरथचन्द नगरपालिका वडा नम्बर १० खडेनी घर भएका जीवन बुडाल चौलानी नदी किनारमा मृत फेला परेका प्रहरीले बताएको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ६ शेरा वनभोज गएका उनी मृत फेला परेका हु्न । शनिवार दिउँसो साथीहरुसँग वनभोज गएका थिए ।

शनिवार राति ९ बजे चौलानी नदीमा उनी मृत फेला परेका प्रहरीले जनाएको छ । मृतक युवक शनिवार आफन्त केही नातेदारसहित दशरथचन्द नगरपालिका–६, शेरा हुँदै चौलानी नदीको जाडा बगडसम्म वनभोजका लागि गएका थिए । जिल्ला प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित

Comments are closed.