महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ मा रहेको ब्रम्हदेव बजारमा आफनै नेपाली भुमीमा पसल खोल्न पाउनुपर्ने भन्दै महिलाहरु जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आफनो माग राख्न पुगेका छन् । भारतको पूर्णगीरीमा सुरुहुने मेला तथा ब्रम्हदेवमा रहेको सिद्धनाथ मन्दिरमा मेला लाग्ने दर्शनार्थीहरुलाई लक्षित गरी नेपालीहरुले ब्रम्हदेवमा विगत ३० वर्षदेखी खाटमा सामानहरु राखी व्यापार व्यवसायी गर्दै आएका छन् ।
पछिल्लो केही वर्ष यता भारतिय एसएसबीहरुले व्यापार गर्न नदिएको फड समितिको अध्यक्ष धर्मा पालले बताईन् । तिन महिनासम्म मेला संचालन हुने र पूर्णागीरीमा मेला लाग्ने समयमा यता रहेको सिद्धनाथ मन्दिरमा पनि भिड हुने भएकाले आफुहरुले विगतको दिनमा संचालन गर्दै आएको ठाँउमा यो वर्ष पनि व्यापार गर्न पाँउ भन्दै आफनो माग सहित प्रशासन कार्यालयमा आएको उनले बताईन् ।
सिद्धनाथ बाबाको मेला पनि लाग्ने भएकाले उक्त ठाँउमा आफु लगायत अन्य स्थानिय महिलाहरुले सानो गुजारा गर्दै आएको र केही रकम कमाईले आफनो परिवारको पेट पाल्ने भएकाले पनि उक्त ठाँउमा व्यापार संचालन गर्न पाँउ भन्दै प्रशासनमा आएको अर्का स्थानिय महिला गोदावरी ओखेडाले बताईन् । आफुले असोजमा पनि उक्त क्षेत्रमा खाटमा व्यापार गर्दा भारतिय एसएसबीले खाट नै लगिदिएको उनले बताईन् ।
तिन महिनासम्म उक्त क्षेत्रमा सिद्धनाथ मन्दिरमा दर्शन गर्न भारतबाट पनि दर्शनार्थीहरु आउने र त्यही काराणले व्यापार व्यावसाय पनि बढने भएकाले उक्त क्षेत्रमा विगत ३० वर्षदेखी अन्य स्थानियहरुले पनि व्यापार गर्दै आएको तर अहिले नो मेन ल्याण्ड भन्दै त्यँहा खटियामा व्यापार गर्न नदिएको प्रती आफनो आपत्तरिहेको अध्यक्ष पालले बताईन् । साथै नेपाली सशस्त्र प्रहरीले पनि सहयोग नगरेको उनले बताईन् भारतबाट प्रहरी नआँउदै नेपाली सशस्त्र प्रहरीले खाट उठाएर लैजाने गरेको उनले बताईन् ।
यता जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले उक्त विषयमा भारतिय एसएसबीका डिएमसँग एक चरणमा कुरा भएको र उक्त क्षेत्रमा व्यापार गर्न दिनु पय्रो भनेर आफुले जानकारी दिएको उनले बताए । विगतको दिनमा उक्त क्षेत्रमा समस्या भएको र उक्र क्षेत्र नो मेन ल्याण्ड भएर पनि विवाद हुँदै आएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
फाल्गुण ६ गते शिवरात्रीको दिन ब्रम्हदेव बजारमा ६ जना भारतीय नागरिकले सशस्त्र प्रहरीका दुई जवानलाई निर्घात कुटपिट गरेका थिए । पछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा जनही तीन÷तीन हजार रुपैयाँ धरौटी राखेर उनीहरु छुटेका थिए । मादक पदार्थ सेवन गरी मेला भर्न आएका टनकपुरका ती युवाले सशस्त्र जवानमाथि निर्घात कुटपिट र गालीगलौच गरेका थिए ।
ड्यूटीमा तैनाथ सशस्त्र प्रहरीलाई उचौलीगोठ निवासी रोहित महर, अजय महर, दीपक सिंह, कैलाश सिंह, अशोक सिंह र दीपक महरले कुटपिट गरेका थिए । प्रहरीले नियन्त्रणमा लिएर मुद्धा दर्ता गरेको थियो ।