महेन्द्रनगर । डडेल्धुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट डडेल्धुराको रुपालतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ । जिप दुर्घटनामा परी डडेल्धुराको भागेश्वर गाउँपालिका–२ का ५० वर्षीय बाशु तिरुवाको मृत्यु भएको हो ।
परशुराम नगरपालिका–३ मट्यौलामा सोमबार दिउसो म १ ज २३८ नम्बरको जिप दुर्घटना भएको थियो । जिपमा चालकसहित ११ जना यात्रु सवार थिए । केही यात्रु सामान्य घाइते छन् । इलाका प्रहरी कार्यालय जोगबुढाका बरिष्ठ सई माधव जोशीका अनुसार सडकमा ब्याक गर्ने क्रममा दुर्घटना भएको हो ।
जिपमा च्यापिएर तिरुवाको मृत्यु भएको थियो । घटनास्थल इलाका प्रहरी कार्यालय जोगबुढाबाट कम्तिमा पनि २०÷२५ किलोमिटर टाढा पर्छ । मट्यौलाको पानीट्याङकी नजिक जिप दुर्घटना भएको थियो ।
Comments are closed.