कञ्चनपुरमा सोमवारदेखी बिहान ११ बजेसम्म बजार बन्द

महेन्द्रनगर । बैंक तथा बित्तीय संस्थाको चर्को ब्याज विरुद्ध कञ्चनपुर उधोग बाणिज्य संघको आह्वानमा महेन्द्रनगरका ब्यावसायीहरुले सोमवार बजार बन्द गरेका छन् । बैंक तथा बित्तीय संस्थाको चर्को ब्याज विरुद्ध अहिले देशैभरमा चरणबद्व आन्दोलन भईरहेको छ । हरेक दिन बिहान ११ बजेसम्म बजार बन्द गर्ने निर्णय अनुसार सोमवारबाट बजार बन्द गरिने कञ्चनपुर उधोग बाणिज्य संघका अध्यक्ष पिताम्वर जोशीले बताएका छन् ।

आईतवार कञ्चनपुर उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशको अगुवाईमा बैंक ब्याजदर विरुद्ध कार्यतालिका नै निर्माण गरेर चरणबद्ध रुपमा विरोध गर्ने निर्णय गरिएको जनाएको थियो । विगत ७ महिनादेखी अनाहकमा लगानी योग्य पूँजीको अभाव र तरलताको समस्याका नाममा बैँकहरुले सम्झौता विपरित ऋणको व्याज दरमा अप्रत्यासित रुपमा वृद्धि गरेपछि आन्दोलन गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

प्रदेशमा रहेका कैलाली उद्योग वाणिज्य संघ, कञ्चनपुर, टीकापुर, अत्तरिया, पुनर्वास, बेलौरी, शुक्लाफाँटा तथा गौरीगंगा उद्योग वाणिज्य संघले बैंक वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ । १५ गते हरेक दिन विहान ११ बजेसम्मका लागि बजार बन्द गर्ने, विरोध र्याली निकाल्ने, प्रत्येक बैंक, राष्ट्र बैंकदेखि प्रशासनसम्म कोण सभा गर्ने निर्णय गरिएको छ ।

उद्योगी व्यवसायीहरुले १८ गते भने कुनै पनि बैंक तथा वित्तीय संस्थामा ‘नो डिपोजिट’ अर्थात निक्षेप जम्मा नगर्ने निर्णय समेत गरेका छन् । त्यस्तै २० गते सुदूरपश्चिमका सबै उद्योग वाणिज्य संघहरुले संघर्ष समिति गठन गर्ने र यसको जानकारी प्रदेश महासंघलाई गराउने निर्णय समेत भएको छ । साथै फागुनभित्र माग पुरा नभए थप छलफल गरेर सशक्त आन्दोलन गर्ने समेत निजी क्षेत्रले चेतावनी दिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.