धनगढीमा विवाहको टेन्ट गाड्ने क्रमममा करेन्ट लागेर मृत्यु

महेन्द्रनगर । कैलालीको धनगढीमा करेन्ट लागेर एक जनाएको मृत्यु भएको छ भने, अन्य दुई जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१३ राजपुरका २० वर्षीय शर्बन रानाको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो ।
धनगढी उपमहानगरपालिका–१ का लल्ला श्रीवास्तवको घरमा विवाहको टेन्ट गाड्ने क्रममा फलामको पाईप बिजुलीको मेन लाईनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कैलाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । साथै करेन्ट लागेर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.