संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालन हुने बताएका छन् ।
भीमदत्त नगरपालिकाले आयोजना गरेको ‘विमानस्थल सम्बन्धमा छलफल’ कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले विमानस्थल पुनः सञ्चालन हुने बताएका छन् ।
विमानस्थलका लागि अपुग जमीन थप गर्न तयार रहेको उनले बताए । विमानस्थल सञ्चालन संघीय सरकार अन्तर्गत रहेको बताउँदै मन्त्री भट्टराईले यसमा तीनै तहका सरकारको सहभागिता हुनु पर्ने नीति सरकारले दिएको बताए ।
विमानस्थल पुनःसञ्चालनका लागि जनप्रतिनिधि, संघर्ष समिति तथा राजनीतिक दहरुले ठुलो उत्सुक्ता देखाएका छन् । विमानस्थल निर्माण तथा सञ्चालनमा तीनै तहले केही बजेट पनि बिनियोजन गरेका छन् ।’ मन्त्री योगेश भट्टराईले तीनै तहका सरकारको साझेदारीमा सञ्चालन गर्दा त्यसको व्यवसायीक फाइदा बाडफाँड गर्न सक्छौँ ।’
मन्त्री योगेश भट्टराईले विमानस्थल बनाइ सके पछि त्यहाँ पर्याप्त मात्रामा उडान, व्यवसायिक कामहरु, आत्मनिरभर हुनु पर्छ । सरकारले यसमा ठुलो लगानी गरेको छ, आत्मनिरभर हुनु जरुरी छ । त्यसबाट केही परिमाण निस्किनु पर्नेमा उनले जोड दिए ।
उता नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विमानस्थलका लागि जमिन अपुग रहेकाले निकुञ्जको केही जमिन लिनु पर्ने बताउँछन् ।
‘२ बिघा निकुञ्जको जमिन लिनु पर्ने देखिन्छ, सबै पक्ष जुटेमा विमानस्थल बन्छ । उनले भने, ‘अतिक्रमण हटाएमा हामी नयाँ आर्थिक वर्षदेखि भित्रको काम प्रारम्भ गछौँ, बाँकी अपुग जमिन विस्तारै पाइन्छ ।
विमानस्थल पुनः सञ्चालनमा नआएमा यहाँ निर्माण हुने भनिएको सुख्खा बन्दरगाह, निर्माणाधीन चार लेनको पुल लगायत योजनाको कुनै औचित्य नरहने उनको धारणा छ । बन्द रहेको मझगाउँ विमानस्थलको निरीक्षण समेत गरेका थिए । असुरक्षाको कारण देखाउँदै द्धन्द्धकालमा मझगाउँ विमानस्थल बन्द गरिएको थियो ।