कञ्चनपुरका ह्विलचियर प्रयोगकर्ताहरुको सुरक्षित रुपमा आवागमन हुनु पर्ने माग

महेन्द्रनगर । कञ्चनपुरमा ह्विलचियर प्रयोगकर्ताहरुले सरकारी कार्यालयका भवन तथा अन्य सेवा लिने भवनहरु अपाङगतामैत्री नभइदिँदा सेवा लिन तथा अन्य कार्य गर्न समस्या भएको बताएका छन् । बुधवार उपयुक्त ह्विलचियर सुरक्षित पहुँचयुक्त आगमनको हाम्रो अधिकार भन्ने मुल नाराका साथ १५ औ अन्तर्राष्ट्रिय ह्विलचियर दिवसको कार्यक्रममा सहभागी भएका ह्विलचियर प्रयोगकर्ताहरुले अहिलेपनि आफुहरुले सरकारी कार्यालयमा जाँदा अपाङगमैत्री भवन नहुँदा सेवासुविधा लिन तथा कार्यालय प्रमुखहरुलाई भेट गर्न पनि समस्या भएको बताएका छन् ।

जिल्ला मा रहेको जिल्ला प्रशासन कार्यालय, नगरपालिका वडा कार्यालयहरुका सबै कोठामा जानको लागि अहिले पनि समस्या भएको हुने गरेको ह्विलचियर प्रयोगकर्ता योगेन्द्र खडकाले गुनाशो गरे । ‘बजारमा रहेका सडक पनि ह्विलचियर तथा अपाङगमैत्री छैनन’ उनले भने, ‘झन सरकारी कार्यालय, वडा कार्यालयहरु पनि त्यस्तै छन् कसरी हुन्छ हाम्रो माग सम्बोधन’ ।

यस्तै समस्या अर्का ह्विलचियर प्रयोगकर्ता जिवन भट्टको पछि उनले जिल्लामा मात्र नभएर देशैभरमा ह्विलचियर प्रयोगकर्तालाई समस्या भएको बताए देशको भौगोलिक संरचना पनि त्यस्तै भएकाले स्थानिय सरकारले उक्त संरचनालाई बनाउन सक्ने भएपनि त्यो समस्या प्रती सरकार पनि उदासिन रहेको उनले बताए । आफुहरु एक्लै हिँडन सक्ने अवस्था छैन साँघुरो सडक छ सबै सवारीसाधनहरु त्यसैलाई प्रयोग गर्ने गर्दछन् ।

हामी जस्ता ह्विलचियर प्रयोगकर्ताले आफनो ज्यानलाई जोखिममा राखेर सडकको प्रयोग गर्नुपर्ने हुन्छ ।एक्लै हिँडन पनि समस्या छ त्यो भएर सबै पालिकाले वडाले सडक तथा नवनिर्मित भवनलाई अपाङगमैत्री बनाईदिने हो भने पनि सेवा लिन दिन सहज हुने उनले बताए । सुदूरपश्चिम अपाङग महासंघ नेपालका निवर्तमान अध्यक्ष उपेन्द्रबहादुर खडायतले सुदूरपश्चिम प्रदेशमा पहिलो पटक यस्तो कार्यक्रम गरेको बताए ।

ह्विलचियर प्रयोगकर्ताहरुले सुरक्षित रुपमा सबै ठाँउमा सुरक्षित रुपमा जान आगमन गर्न पाउनुपर्ने तथा सरकारी कार्यालय लगायत अन्य लाई सहजरुपमा भेट गर्न र सेवार लिन पाउनु पर्ने उनले बताए साथै अब बन्ने सरकारी भवनहरु पनि अपाङगमैत्री बनाउनु पर्ने बताए साथै सरकारले पहुँचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका २०६९ जारी गरेको छ त्यसको प्रभावकारी कार्यन्वयनको लागि पनि आज यो कार्यक्रम गरिएको उनले बताए ।

भिमदत्त नगरपालिकाका नगर प्रवक्ताले छैटौं शुक्लाफाँटा पर्यटन महोत्सव २०७९ अवसरमा २५ जना ह्विलचियर प्रयोगकर्तालाई घुमाउने व्यवस्था मिलाएको जानकारी दिए । सन् २००८ मा बेलायतबाट शुरु भएको ह्विलचियर दिवस नेपालमा भने १ मार्च २०११ देखी मनाइदै आएको छ । प्रत्यक्ष वा परोक्ष रुपमा यस्ता दिवसहरुले सम्बन्धित वर्ग समुदायको बारेमा आम जनसमुदायमा जनचेतना फैलाउन योगदान गरिरहेको हुन्छ ।

देशभर ह्विलचियर प्रयोगकर्ताहरुको भरपर्दो एकिन तथ्याकं छैन भने राज्यबाट लक्षित बिशिष्टिकृत कार्यक्रमहरु तर्जुमा हुन सकिरहेका छैनन् । न्युनतम आवश्यकताहरुको पहिचान लागि स्पष्ट नीति नभइसकेको सन्दर्भमा शारीरिक अपाङ्गता भित्र ह्विलचियर प्रयोगकर्ताहरुको बिविधता र बिशिष्ठिकृत आवश्यकताहरुका बारेमा बहस हुनु आजको आवश्यकता हो ।

सम्बन्धित

Comments are closed.