महेन्द्रनगर । भारतीय आयल कर्पोरेशन आइओसीले ग्यासबाहेक सबै इन्धनको मूल्य घटाएर पठाएको छ । आइओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २१ पैसा र डिजेल प्रतिलिटर पाँच रुपैयाँले घटेको हो।
त्यस्तै नयाँ मूल्य सूचीअनुसार मट्टितेल प्रतिलिटर तीन रुपैयाँ ४० पैसा र हवाई इन्धन पाँच रुपैयाँले घटेर आएको छ। एलपिजी ग्यास भने प्रतिसिलिन्डर तीन सय ४९ रुपैयाँले वृद्धि भएको छ । भारतबाट इन्धनको मूल्य घटेर आए पनि निगमले स्थानीय बजारमा भने मूल्य यथावत राख्ने भएको छ ।
हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ ।
Comments are closed.