महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेसका लागि रुट संचालन भएको छ । बेलडाँडी गाँउपालिका–५ ईमलिया हुँदै निकुञ्जमा पर्यटक प्रवेसका लागि रुट संचालन भएको हो ।घीय सरकारको निर्णय अनुरुप बेलडाँडी गाँउपालिकाले निकुञ्ज प्रवेसका लागि रुट निर्माण गरेको छ ।
बुधबार एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले एक कार्यक्रमका विच सो पर्यटक प्रवेशद्वारको उद्घाटन गरेका छन ।प्रवेशद्वारको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले दक्षिणी भएर निकुञ्ज प्रवेसका लागि सहज हुने बताए । विकास र सम्बृद्धिको आधार पर्यटन मानेको बताउँदै मुख्यन्त्री शाहले प्रदेश सरकारले सो रूट संचालनका लागि आवश्यक पूर्वाधार स्तर बृद्धि गर्ने बताए ।
सुप प्रदेशका पर्यटन प्रर्बद्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेरगरेका छन ।मुख्यमन्त्री शाहले निजी क्षेत्र सरकारसंगसंगै अघि बढ्नुपर्नेमा जोडदिए । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले निकुञ्ज प्रवेसका लागि ट्याक खोल्नेदेखि चौधर नदीमा पुल निर्माण गरिएको बताए ।
गाँउप्रमुख रानाले बेलडाँडी गाँउपालिका ५ ईमलिया चौधर नदीमा काठको पुल निर्माण गरिएको र हालसम्म झण्डै डेढ किलोमिटर ट्याक खोलिएको बताए ।पर्यटक सो क्षेत्रदेखि जाने–आउने भएपछि बेलडाँडी गाउँपालिकाको समेत आन्तरिक आय र पर्यटन प्रबर्द्वनमा टेवा पुग्ने देखिन्छ ।
Comments are closed.