महेन्द्रनगर । छैटौँ शुक्लाफाँटा पर्यटन महोत्सव सम्पन्न भएको छ । कञ्चनपुरमा फागुन ९ गते मंगलबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको थियो । ‘आर्थिक समृद्धिको आधार, पर्यटन विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ छैटौँ शुक्लाफाँटा पर्यटन महोत्सवको बिहिवार एक कार्यक्रमको आयोजना गर्दै समापन गरिएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन यहाँको भीमदत्त नगरपालिकाले पर्यटन महोत्सव आयोजना गरेको थियो ।
महोत्सवको समापन कार्यक्रमका बिशिष्ट अतिथी रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले निकुञ्जलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएसँगै यो क्षेत्रको पर्यटकिय सम्भावना पनि बढेर जाने बताए । विश्वमै दुर्लभ जीवजन्तु पाइने शुक्लाफाँटा हामीसँग छ, यसको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रुपमा विकास गर्न जरुरी रहेको उनले बताए । यसका लागि सबैले आ–आफ्नो तर्फबाट पर्यटन प्रवर्धनमा लाग्न जरुरी छ रहेको र यस्ता बिभिन्न कार्यक्रमहरुले पनि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्राउन मद्धत पुग्ने बताए ।
यस्तै, होटेल व्यसायी संघ कञ्चनपुरका अध्यक्ष जगदिश चन्द्र भट्टले शुक्लाफाँटा सबैको साझा सम्पत्ती हो यसलाई सबैले राम्रो तवरले प्रयोग गर्न सक्यो भने यसबाट धेरै पर्यटकलाई आर्कषण को केन्द्र बिन्दु बनान सकिने बताए । अँझै पनि हामीले पर्यटकहरुलाई तान्न नसकेको बताए । जब सम्म निजी क्षेत्रसँग समन्वय गरिँदैन तब सम्म यो क्षेत्रमा प्रगती नहुने बताए ।
नयाँ पन फरकपन हामीले पर्यटकहरुलाई दिन सक्यौ भने, मात्रै पर्यटककहरुको संख्या बढने उनले बताए । १० दिनसम्म सञ्चालन भएको महोत्सवमा निकुञ्ज भ्रमणसँगै पर्यटन प्रवर्धनसम्बन्धी छलफल, संरक्षण र पर्यटनबारे माध्यमिक तह स्तरीय वक्तृत्वकला, कृष्णसार अवलोकन तथा आन्तरिक पर्यटन प्रवद्र्धनसम्बन्धी छलफल लगायतका कार्यक्रमहरु सञ्चालन भएका थिए ।
Comments are closed.